व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गरिने व्याजदर सम्बन्धमा ।

यस डेभलपमेन्ट बैंकले मिति २०७८।०५।३१ गते आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रिकामा मिति २०७८ असोज १ गते देखि लागु हुने गरी मुद्दती निक्षेपमा अधिकतम ९.५० प्रतिशत व्याज प्रदान गर्ने गरी ब्याजदर सम्बन्धी सूचना प्रकाशित गरेको र मिति २०७८।०६।०१ गतेका दिन भुलबश सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यम मार्फत यस डेभलमपेन्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम वार्षिक १० प्रतिशत सम्म ब्याज प्रदान गर्न सकिने भन्ने सूचना तथा समाचारहरु संप्रेषण भएकोमा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम वार्षिक ब्याजदर ९.५० प्रतिशत सम्म मात्र भएको व्यहोरा स्पष्ट पार्न चाहन्छौ । यसबाट सम्बद्ध पक्षमा पर्न गएको भ्रमका लागि क्षमाप्रार्थी छौ ।

Latest News