सांग्रिला डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई बैंकबीच गैर कोषमा आधारित बैंकिङ् सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी ।।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्लोबल आइएमई बैंक लिमिटेडसँग गैर कोषमा आधारित बैंकिङ् सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी गरेको छ । यससम्बन्धी सम्झदारी पत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गर्नुभएको छ । समझदारी पत्र अनुसार, सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई आवश्यक पर्ने प्रतीतपत्र बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स र ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग जस्ता सुविधा ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने छ ।
यो समझदारीले सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई गैर कोषमा आधाििरत बैंकिङ् सुविधा प्राप्त गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ ।
सांग्रिला डेभलपमेन्ट बैंकले १०९ वटा शाखा र ३० वटा एटीएममार्फत बैंकिङ् सुविधा उपलब्ध गराउँदै आएको छ ।