संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विमाङ्क रकम हस्तान्तरण ।।

calendar_month 18 August 2025
banner

सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोल्नुभएकी बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोल्न भएकी सृष्टि त्रिपाठीका दाजु (खाता खोल्दा उहाँले संरक्षक राख्नु भएका व्यक्ति) सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएपछि बिमा बापतको रकम उपलब्ध गराइएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको तालचोक शाखाका प्रवन्धक राजीव पौडेलले सृष्टि र उहाँकी आमा शिला त्रिपाठीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त रकम सृष्टि त्रिपाठी १८ बर्ष पुगेपछि उहाँले झिक्न पाउने गरी अहिले मुद्दती खातामा जम्मा गरिएको छ । 
सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोल्ने व्यक्तिका संरक्षकको निधन भएमा बैंकले बिमा बापत तीन लाख रुपैयाँ उपलब्ध गराइने प्रावधान रहेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।
सहयोगका लागि धन्यवाद ।
 

arrow_upward