साँग्रिला डेभलपमेन्ट बैंकको नाफा करिब ३५ करोड

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आ.ब.२०७२/७३ मा १० अर्व ३६ करोड निक्षेप संकलन, ९ अर्ब १५ करोड कर्जा प्रवाह गरि करिब रु. ३५ करोड संचालन मुनाफा आर्जन गर्न सफल रहेको छ जुन गत आ.ब.७१/७२ आषाढ मसान्तको तुलनामा क्रमशः निक्षेपमा रु.२ अर्ब ३५ करोड अर्थात २९.३४%, कर्जामा रु. २ अर्ब ६२ करोड अर्थात ४०%  तथा मुनाफमा रु. ५ करोड २४ लाख अर्थात १८% ले  वृद्धि हो । यस त्रैमासमा यस विकास बैंकले कर्जा असुली कार्य निकै तदारुकताका साथ सम्पन्न गरेकोले बैंकको निष्कृय कर्जा अनुपात ०.५४% कायम गर्न सफल भएको छ भने कर्जा/निक्षेप अनुपात (ने.रा.बै.अनुसार) ७८.२५%  तथा प्रति शेयर आम्दानी अनुपात २२.४१  रहेकोछ ।

यस विकास बैंकले हालै मात्र ४ः१ का दरले हकप्रद शेयर निष्काशन गरि सर्वसाधारणको हकप्रद शेयर बांडफांड गरि सकेको छ भने संस्थापक समुहतर्फको बांकी करिब ९ लाख ६७ हजार कित्ता हकप्रद शेयर लिलाम बढाबढबाट बिक्री गर्ने प्रक्रिया अगाडी बढीरहेको जानकारी गराउदछौ । साथै आ.ब.२०७१/७२ को मुनाफाबाट प्रदान गरेको २०.८५% प्रतिशत बोनस शेयर वितरणको लागि यस बैंकको बिक्री प्रबन्धक श्री एनआईबिल क्यापिटल मार्केट लि. मार्फत बांडफांड गर्ने कार्य सम्पन्न भई सम्बन्धीत सम्पूर्ण शेयरधनी महानुभावहरुलाई कर वापतको रकम जम्मा गर्ने तथा डीपी खाता खोल्न समेत आव्ह्रान गरि सकेकोले सो कार्य सम्पन्न पश्चात बैंकको चुक्ता पूंजी रु. १ अर्व ७ करोड ३४ लाख ५६ हजार पुग्नेछ । हाल बैंकको कुल ३१ वटा शाखा संजाल तथा १२ वटा ए.टी.एम., आधुनिक मोवाईल बैकिङ्ग सेवा तथा ६ वटा शाखाबाट लघुबित्त इकाईहरु मार्फत बिपन्न समुदायहरुलाई बित्तीय सेवा प्रदान गर्दै आईरहेको यस प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउदंछौ ।

 

सहयोगको लागि धन्यवाद ।

……………………………..
(राजेन्द्र प्रसाद पौडेल)
प्रमुख कार्यकारी अधिकृत

मितिः २०७३/०४/०६

Latest News