दुुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न !

सांग्रिला डेभलपमेन्ट बैंकको दुुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न !

काठमाण्डौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुलाई उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरुलाई बेला बखत बिभिन्न किसिमको अभिमुखिकरण तालिम प्रदान गर्दै आईरहेकोमा मिति २०७४ श्रावण ०७ र ०८ गते पोखराको पोखरा ग्राण्ड होटलमा दुुई दिने प्रशिक्षण तथा गत आ.ब. २०७३/७४ को समिक्षा सहित शाखा प्रमुुखहरुको भेला गरि कार्यक्रम सम्पन्न गरेकोछ । उक्त प्रशिक्षण तथा समिक्षा कार्यक्रममा बैंकका नायब प्रमुुख कार्यकारी अधिकृत श्री दिनेश थकलीले बैंकको गत आ.ब.को समिक्षा गर्नुुको साथै बैंकको भावी योजना तथा रणनीतिको बारेमा प्रष्ट पार्नुु भएको थियो भने नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई जारी गरिएको ब्ःीरऋँत् सम्बन्धी थप परिमार्जित निर्देशनको बारेमा नेपाल राष्ट्र बैंकका उप–निर्देशक श्री शरण कुुमार अधिकारीले प्रशिक्षण दिनुु भएको थियो । त्यस्तै नेपालका बरिष्ठ हास्य कलाकार श्री हरिवंश आचार्यले उत्प्रेरणात्मक अनुुभवहरु बाड्नुु भई प्रशिक्षण दिनु भएको थियो । सो कार्यक्रममा संचालक समितिको तर्फबाट संचालक श्री शिव लाल मल्ल तथा अध्यक्ष प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आ.ब.२०७३/७४ मा १३ अर्व ८७ करोड निक्षेप संकलन, ११ अर्ब ६६ करोड कर्जा प्रवाह गरि करिब रु. ५४ करोड १ लाख संचालन मुनाफा आर्जन गर्न सफल रहेको छ जुन गत आ.ब.७२/७३ आषाढ मसान्तको तुलनामा क्रमशः निक्षेपमा रु.३ अर्ब ५१ करोड अर्थात ३३.८९५, कर्जामा रु. २ अर्ब ५१ करोड अर्थात २७.४८ ५ तथा संचालन मुनाफामा रु. २० करोड ४६ लाख अर्थात ६१५ ले वृद्धि हो । यसै गरि बैंकको निष्कृय कर्जा अनुपात ०.६०५ कायम गर्न सफल भएको छ भने कर्जा/निक्षेप अनुपात (ने.रा.बै.अनुसार) ७३.८२५ तथा प्रति शेयर आम्दानी अनुपात २६.५३ रहेकोछ ।

सहयोगको लागि धन्यवाद ।

……………………
(दिनेश थकाली)
का.मुु. प्रमुख कार्यकारी अधिकृत
मितिः२०७४/०४/०८

 

aa

1

3

2

4

6

5

Latest News