७ दिने शीपमूलक तालिम

सांग्रिला डेभलपमेन्ट बैंक लि. लघुवित्त विभागद्धारा संचालित ७ दिने शीपमूलक तालिम सांग्रिला डेभलपमेन्ट बैंक लि. लघुवित्त विभागको कार्यालय पोखराको न्यूरोडमा २०६८ पौष ७ गते विधिवत रुपमा उद्घाटन भयो । उक्त कार्यक्रमको उदघाटन बैंकका नायव महाप्रबन्धक श्री दिनेश थकालीज्युले गर्नु भयो । हालसम्म यस लघुवित्त विभाग अन्र्तगतका ३ वटा शाखा मार्फत करीव २५०० सदस्यहरुलाई रु. ९ करोड लगानी गरिसकेको छ । । यस बैंकको लघुुवित्तमा सहभागी सदस्यहरुको जीवनस्तर उकास्नको लागि यो शीपमूलक तालिमको आयोजना गरिएको हो । यसै क्रममा बैंकका नायव महाप्रबन्धक श्री दिनेश थकाली ज्यूले यस शीपमूलक तालिमबाट सदस्यहरुले आफ्नो जीवनस्तर उकास्नुका साथै बैंकले दिएको तालिम फलदायी बनाउनु पर्ने कुरामा जोडदिनुभयो । त्यस्तै गरि महिला दिदी बहिनीहरुलाई इमान्दारिताका साथ व्यवसायमा उन्मुख हुन पनि अनुरोध गर्नु भयो । कार्यक्रममा तालिम प्रशिक्षक श्रीमति सविना थापाले सहभागी दिदी बहिनीहरुलाई तन मन दिएर सिक्नुका साथै यस तालिम पश्चात तालिमको सहि सदुपयोग गरि आफ्नो आम्दानीको श्रोत बनाई परिवारलाई समेत आर्थिक भार कम गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा बैंकका विभागीय प्रमुख श्री कमल बहादुर खत्रीले स्वागत मन्तव्य गर्नुभएको थियो भने कार्यक्रमको संचालन विभागका कर्मचारी श्री राजेन्द्र शर्माले गर्नु भएको थियो ।

Latest News