३ दिने मैन बत्ती बनाउने तालिम

सांग्रिला डेभलपमेन्ट बैंक लि.लघुवित्त विभाग पोखराले आयोजना गरेको ३ दिने मैनबत्ती बनाउने तालीमको उद्घाटन आइतबार  एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै बैंकका सहायक प्रबन्धक एवं लघुवित्त विभाग प्रमूख कमल बहादुर खत्रीले जलस्रोतको धनी देशका जनताले दैनिक घण्टौ लोढसेढिङको मार खेप्नु परेकोमा दुख व्यक्त गर्नुभयो । साथै उहाँले यस परिप्रेक्षमा मैन बत्तीको राम्रो बजार रहेको चर्चा गर्दै सहभागी  प्रशिक्षार्थीलाई ध्यान दिएर तालिममा सहभागी भई धेरै भन्दा धेरै कुरा सिक्न र सिकेको सीपलार्ई आपनो व्यवहारिक जीवनमा सहि सदुपयोग गरी परिवारकोे आयआर्जन वृद्धि गरी स्वाबलम्बी बन्न आग्रह गर्नु भयो ।

सो अवसरमा तालिमका प्रशिक्षक दिल कुमारी घर्तिले तालीमको बारेमा जानकारी गराउँदै सहभागी प्रशिक्षार्थीलाई तनमन लगाएर सिक्न आग्रह गर्नुभयो ।

३८ जना प्रशिक्षार्थी सहभागी कार्यक्रम विभाग प्रमुख कमल खत्रीको अध्यक्षता, कर्मचारी अञ्जु के.सीको स्वागत मन्तव्य र मिरा नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बैंकले आपना सदस्यहरुलाई सीममूलक एवं आयआर्जनमूलक तालीमहरु प्रदान गर्ने सिलसिलामा यस भन्दा अगाडि पोखरामा गुडिया बनाउने तालिम र बागलुङ शाखाबाट व्यवसायिक उद्ममशिलता तालीम अन्तर्गत बेमौसमी तरकारी खेती सम्बन्धी तालमि प्रदान गरिसकेको छ ।

साथै बैकले आगामी दिनमा अन्य सीममूलक तालीम सञ्चालन गर्दै नव उद्ममीको सिर्जना गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्र्तगतको लघुउद्मम विकास कार्यक्रम (मेडेप) संग सहकार्यको लागि सम्झौता गरिसकेको कुरा सो अवसरमा जानकारी गराइएको थियो ।

१३ वटा शाखा मार्फत बैंकिङ्ग कारोबार गर्दै आइरहेको बैंकले ३ बटा शाखा मार्फत लघुवित्त कार्यक्रम अन्तरगत हालसम्म रु.१५ करोड कर्जा प्रवाह गरेको छ ।

Latest News