२०.८५ प्रतिशत बोनस शेयर पारित सहित साँग्रिला डेभलपमेन्ट बैंकको ११ औ बार्षिक साधारण सभा सम्पन्न ।

IMG_0667

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७२/११/१४ गते शुक्रबार काठमाण्डौको नमस्ते किचन बेकरी एण्ड बैंकेट गैह्रीधारामा आ.ब.२०७१/७२ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.श्री सुरेन्द्र बहादुर भारीजुज्यूले बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा सँलग्न अनुसुचिहरु उपर छलफल गरि एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । रु.७३ करोड ६० लाख चुक्ता पंूँजी भएको यस विकास बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७१/७२ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको २०.८५ प्रतिशत बोनस शेयर सो साधारणसभाबाट पारित गरि बैकको शेयर रजिष्ट्रार एनआइविल क्यापिटल मार्केन्ट लिमिटेडबाट आफ्ना शेयरधनी महानुभावहरुलाई वितरण गरिने भएको छ ।

साधारण सभाको संचालन तथा बैंकको प्रगती विवरण एवं भावी योजना बारे जानकारी गराउंदै प्रमुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद पौडेलले गत बार्षिक साधारण सभाद्धारा पारित ४ बराबर १ हकप्रद शेयर समेत मिति २०७२/११/०९ गते देखि २०७२/१२/१४ गतेसम्म निष्काशन खुल्ला गरिएको जानकारी समेत सभा समक्ष गराउनु भयो । सो हकप्रद शेयरको लागि यस बैंकको ३१ वटा शाखाहरु तथा एनआइविएल क्यापिटल मार्केटको शाखाहरुबाट सम्पूर्ण शेयरधनी महानुभावहरुले आबेदन फाराम भर्न सक्नेछन । यसरी सो हकप्रद शेयर निष्काशन तथा बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १ अर्व ७ करोड ३४ लाख ५६ हजार हुनेछ भने यसै साधारण सभाबाट नेपाल राष्ट्र बैंकद्धारा जारी मौद्रिक नीति तथा निर्देशन अनुरुप विकास बैंकको अधिकृत पूँजी रु. २ अर्व ५० करोडमा बृद्धि गर्ने तथा विकास बैंकको बोनस शेयर तथा हकप्रद शेयर जारी भए पश्चात हुन आउने जम्मा चुक्ता पूँजीको समुहगत शेयर स्वामित्व संस्थापक शेयरधनीको ५१ प्रतिशत तथा सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत कायम गर्ने गरि अनुपात परिवर्तन गर्ने तथा यस विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा बित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने, प्राप्ती तथा समाहित गर्ने गराउने वा विदेशी रणनीतिक साझेदार भित्र्याउने वा सो सम्बन्धमा आवश्यक प्रक्रिया अगाडी बढाई पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने जस्ता बिशेष प्रस्तावहरु सहित पारित गरि एघारौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

यस विकास बैंकले चालु आ.ब.को दोस्रो त्रैमासिक अवधिमा करिब ९ अर्व १३ करोड निक्षेप संकलन, ६ अर्ब ९१ करोड कर्जा प्रवाह गरि करिब रु. १४ करोड ७९ लाख संचालन मुनाफा आर्जन गरेको छ । यसै आर्थिक बर्षमा सुदुरपश्चिमाञ्चमा कैलालीको अत्तरीया, पूर्वाञ्चलमा सुनसरीको इटहरी, मध्यपश्चिमाञ्चलमा कर्णाली अञ्चलको जुम्ला तथा यहि २०७२/११/०९ गते आफ्नो ३० औ शाखा बर्दियाको गुलरिया र ३१ औ शाखा ललितपुरको इमाडोलमा विस्तार गरि सकेको यस विकास बैकले आफ्नै १२ वटा ए टी एम सहित ग्राहकहरुलाई अत्याधुनिक मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ भने अन्तर बैंक बिधुतीय भुक्तानी प्रणाली सेवाको लागि नेपाल क्लिेरिङ्ग हाउस लि.संग सम्झौता गरि सकेको र निकट भविष्यमै  संचालन गर्न लागेकोे  यहांहरु सम्पूर्णको जानकारीको लागि प्रेस विज्ञप्ती जारी गरेका छौं ।

सहयोगको लागि धन्यवाद ।

……………………

राजेन्द्र प्रसाद पौडेल
प्रमुख कार्यकारी अधिकृत
मितिः२०७२/११/१४

Latest News