सांग्रिला बैंकको छैठौं साधारणसभाबाट लाभांस सहित मर्ज प्रस्ताव पारित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, न्यूरोड पोखराको मिति २०७०/१२/२३ गते पोखरा ग्राण्ड होटलमा आ.ब.२०६९/०७० को आर्थिक विवरणहरु सहित संचालक समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरि छैटौ वार्षिक साधारणसभा सम्पन्न भयो । रु.३२ करोड चुक्ता पंूँजी रहेको यस विकास बैंकले नेपाल राष्ट्र बैंकले स्वीकृती गरेको आ.ब.२०६९/०७० खुद नाफा मध्येबाट चुक्ता पूंजीको १९.१७ प्रतिशत (कर सहित) नगद लाभांस सो साधारणसभाबाट पारित गरि यस विकास बैंक र बागेश्वरी डेभलपमेन्ट बैंक बीचको मर्जको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भए पछि यस बैंकको केन्द्रीय कार्यालय न्यूरोड पोखरा र बैंकको शेयर रजिष्ट्रार श्री ग्रोमोर मर्चेन्ट बैंकर लि. दरबारमार्ग, काठमाण्डौबाट आफ्ना शेयरधनी महानुभावहरुलाई वितरण गरिने भएको छ ।

यसरी यस विकास बैंकको छैठौ साधारणसभाले यस विकास बैंक र वागेश्वरी डेभलपमेन्ट बैंक एक आपसमा गाभिई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्तरोन्नती गर्ने निर्णय समेत पारित गरेको छ भने यस विकास बैंकको तर्फबाट मर्ज पश्चात बन्ने संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको नाम समेत सो साधारणसभाबाट पारित गरेको छ । जसमा श्री सुरेन्द्र बहादुर भारी, श्री शिबलाल मल्ल, डा.श्री रवीन्द्र प्रसाद श्रेष्ठ तथा श्री निरन कुमार श्रेष्ठ रहने भएका छन । दुई वटै विकास बैंक मर्ज भई बन्ने राष्ट्रिय स्तरको विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक लि.को चुक्ता पूंजी रु. ६४ करोड हुनेछ । २०७० साल पौष मसान्तसम्मको तथ्यांक अनुसार दुई वटै विकास बैंकहरुको समेत गरि निक्षेप संकलन रु. ५ अर्व ९१ करोड, कर्जा प्रवाह ४ अर्व ७९ करोड तथा संचालन मुनाफा रु. १२ करोड ४४ लाख रहेकोे छ । यसरी मर्ज पश्चात करिब २५० जना कर्मचारीहरु हुनेछन भने २३ वटा शाखाहरुबाट करिब १ लाख भन्दा बढि ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रदान गर्ने छ ।

त्यस्तै छैठौ बार्षिक साधारणसभाको अवसरमा यस सांग्रिला डेभलपमेन्ट बैंकले चालु आ.ब.को दोस्रो त्रैमासिक अवधिसम्म दिएको लक्ष्य भन्दा बढि कर्जा प्रवाह गर्ने शाखा कार्यालय बिरौटा र दोस्रो बढि कर्जा प्रवाह गर्ने बुटवल शाखा तथा कर्जा असुलीमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल नारायणगढ शाखाका शाखा प्रमुखहरुलाई यस बैंकका अध्यक्ष श्री विश्वास गौचनज्यू तथा संंस्थापकद्धय श्री सुरेन्द्र बहादुर भारी र श्री हरि प्रसाद गुरुङ्गज्यूले क्रमशः कदरपत्र सहित खादा लगाई नगद समेत प्रदान गर्नु भएको थियो ।

दिनेश थकाली
का.मु.प्रमुख कार्यकारी अधिकृत

मिति : २०७०/१२/२३

Latest News