सांग्रिला डेभलपमेन्ट बैंकको सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखराको न्यूरोड प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लि.ले हाल देशका बिभिन्न भागहरुमा बैंक तथा बित्तीय संस्थाहरुमा भईरहेको चोरी तथा लुटपाटका घटनाहरुलाई मध्येनजर गर्दै आफ्नो बैंकका सुरक्षा गार्डहरुलाई सुरक्षा सम्बन्धी शर्तकता तथा सोको न्यूनीकरण र आपतकालीन अवस्थामा अपनाउनु पर्ने रणनीति तथा सावधानीहरुको बारेमा एक दिने प्रशिक्षण कार्यक्रम मिति २०७०/११/०७ गते सम्पन्न गरेको छ । उक्त सुरक्षा सम्बन्धी प्रशिक्षण जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्री सन्तोष खड्काले दिनु भएको थियो भने सो कार्यक्रमा बैंकका शाखा प्रमुखहरु सहित सुरक्षा गार्डहरु गरि करिब २८ जनाको सहभागिता रहेको थियो । यस किसिमको प्रशिक्षणबाट बैंक तथा बित्तीय संस्थाहरुमा हुने चोरी र लुटपाट सम्बन्धी घटनाहरुमा न्यूनीकरण हुने विश्वास बैंक ब्यावस्थापनको रहेको छ ।

दिनेश थकाली
का.मु.प्रमुख कार्यकारी अधिकृत

मिति २०७०/११/०७

Latest News