सांग्रिला डेभलपमेन्ट बैंकको नाफा सवा तेह्र करोड भन्दा बढि

पोखराको न्यूरोड स्थित प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आ.ब.२०६९/७० मा रु. ३ अर्ब १२ करोड निक्षेप संकलन तथा रु. २ अर्ब ७१ करोड कर्जा प्रवाह गरि रु. १३ करोड ३६ लाख संचालन मुनाफा अर्थात रु.८ करोड ५० लाख खुद मुनाफा आर्जन गरेकोे छ । जुन गत आ.ब.को तुलनामा क्रमशः निक्षेपमा २१ प्रतिशत, कर्जामा २८ प्रतिशत तथा मुनाफामा ७० प्रतिशतले बृद्धि हो । बैकको निष्कृय कर्जा ०.९६ प्रतिशत रहेको छ भने प्रति शेयर आम्दानी रु.२६.५८ रहेको छ ।

यस विकास बंैकले १३ वटा शाखाहरु मार्फत आफ्ना ग्राहकहरुलाई आई बैकिङ्ग तथा एस एम एस बैंकिङ्ग जस्ता आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ भने प्रधान कार्यालयबाट लकर सेवा, सुनचांदी कर्जा, र ३६५ दिने बैकिङ्ग सेवा तथा ४ वटा शाखाहरु मार्फत बिभिन्न ग्रामिण क्षेत्रका बिपन्न वर्गका ब्यक्तिहरुलाई बिना धितो लघुबित्त कर्जा समेत प्रदान गरि रहेको छ । यसरी बैंकले हालसम्म झण्डै ५७ हजार भन्दा बढि ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको समेत जानकारी गराईन्छ ।

 

(दिनेश थकाली)
का.मु.प्रमुख कार्यकारी अधिकृत

Latest News