सांग्रिला डेभलपमेन्ट बैंक लि.ले ११ प्रतिशत नगद लाभांस दिने

पोखराको न्यूरोड स्थित प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आ.ब.२०६८/६९ को नाफा नोक्सान हिसाबबाट आफ्ना शेयरधनी महानुभावहरुलाई प्रतिकित्ता ११ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । यस विकास बैंकको हालै बसेको संचालक समितिको बैंठकले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि आगामी साधारणसभाबाट पारित गरि कार्यान्वयन हुनेछ । रु. ३२ करोड चुक्ता पूंजी रहेको यस विकास बैंकले अघिल्लो आ.ब.मा १० प्रतिशत नगद लाभांस वितरण गरेको थियो । हाल यस बैंकले आफ्ना १३ वटा शाखाहरु मार्फत चालु आ.ब.को पौष मसान्तसम्म रु. २ अर्व ७७ करोड निक्षेप संकलन तथा रु. २ अर्व ४१ करोड कर्जा प्रवाह गरि रु. ५ करोड २३ लाख संचालन मुनाफा आर्जन गरेको छ।

Latest News