सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५० प्रतिशतले बृद्धि

पोखराको न्यूरोड स्थित प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले यहि चालु आ.ब.२०६९\७० को दोस्रो त्रैमासमा रु. २ अर्ब ७७ करोड निक्षेप संकलन तथा रु. २ अर्ब ४१ करोड कर्जा प्रवाह गरि रु. ५ करोड २७ लाख संचालन मुनाफा अर्थात रु. ३ करोड ३५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आ.ब.कोे सोही अवधिको तुलनामा क्रमशः निक्षेपमा ३१ प्रतिशत, कर्जामा ३५ प्रतिशत तथा नाफामा ५० प्रतिशतले बद्धि हो । बैंकले आफ्ना १३ वटा शाखाहरु मार्फत झण्डै ५३,००० भन्दा बढि ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको समेत जानकारी गराईन्छ ।

Latest News