सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ट्राफिक प्रहरीलाई साईकिल हस्तान्तरण

पोखराको न्यूरोड प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत सामाजिक क्षेत्रमा योगदान पुर्याउने उदेश्यले प्रत्येक बर्ष बिभिन्न क्षेत्रमा सहयोग गर्दे आईरहेको छ  । जस अनुरुप यस बर्ष मिति २०६९ मंसिर ८ गते बैंकका अध्यक्ष श्री विश्वास गौचनले जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख, प्र.नि.श्री बीर बहादुर बुढा मगरलाई एक कार्यक्रमका बिच ४ थान साईकिल हस्तानन्रण गर्नु भएको छ । जसबाट अहिलेको अवस्थामा पोखरामा बढ्दै गईरहेको ट्राफिक समस्यालाई ब्यबस्थापन गर्नमा ट्राफिक प्रहरीको मोवाईल सेवामा केही मात्रामा भए पनि मद्दत पुग्ने बिचार बैंकका अध्यक्ष श्री गौचनले ब्यक्त गर्नु भएको थियो भने सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख, प्र.नि.श्री बीर बहादुर बुढा मगरले हाल पोखरामा बढ्दै गईरहेको ट्राफिक समस्यालाई सबै सचेत वर्गले आ आफ्नो स्तरबाट जनचेतनामुलक कार्यक्रम मार्फत सहयोग गर्न अपिल गर्नुका साथै ट्राफिक ब्यबस्थापनमा रहेका चुनौती तथा सोको उचित ब्यबस्थापनबारे जानकारी दिनु भएको थियो ।


३२ करोड चुक्ता पूंजी रहेको यस विकास बैंकले यहि आ. ब.०६९\७० को प्रथम त्रैमासमा रु. २ अर्ब ६२ करोड निक्षेप संकलन तथा रु. २ अर्ब २५ करोड कर्जा प्रवाह गरि रु. १ करोड ४८ लाख संचालन मुनाफा आर्जन गरेको छ भने आफ्ना  १३ वटा शाखाहरु मार्फत करिब ५१ हजार भन्दा बढी ग्राहकहरुको मन जित्न सफल यस बैंकले ABBS, SMS Banking, iBanking  तथा आफ्नै ६ वटा ATM  मार्फतATM सुबिधा जस्ता आधुनिक गुणस्तरिय बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । यसरी आगामी दिनहरुमा पनि नेपाल राष्ट्र बैंक तथा बिभिन्न नियमनकारी निकायहरुद्धारा निर्दिष्ट निर्देशनहरुको अधिनमा रहि आफ्ना ग्राहकहरुलाई छिटो छरितो र सरल रुपमा बैंकिङ्ग सेवा प्रदान गर्ने कुरामा बैंक सदा दृढ रहेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश थकालीले बताउनु भयो ।
यस अघि पनि बैंकले सामाजिक उतरदायित्वको बोद्य गरि पोखराको विभिन्न संघ सस्थालाई सहयोग गर्दै आएको छ भने गत बर्ष पनि आफ्नो चौथौ बार्षिक उत्सवको अवसरमा पोखरामा बढ्दै गईरहेको ट्राफिक समस्याबाट हुनसक्ने सम्भावित सडक दुर्घटनाबाट बच्न जनचेतना फैलाउने उदेश्यले वाकाथोन कार्यक्रम गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखरालाई ६० थान उईफर ज्याकेट प्रदान गरेको थियो । यस्तै आगामी दिनहरुमा पनि सामाजिक सेवामा क्रमिक रुपले सहयोग गर्दे जाने कुरा स्वागत मन्तब्यको क्रममा बैंकका संचालक डा. रबीन्द्र प्रसाद श्रेष्ठले ब्यक्त गर्नु भएको थियो ।

Latest News