सांग्रिला डेभलपमेन्ट बैंकको १० औ बार्षिक साधारण सभा सम्पन्न ।

agm image

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७१/१२/३० गते सोमबार अम्रपाली बैंकेट बालुवाटारमा आ.ब.२०७०/०७१ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष श्री सुरेन्द्र बहादुर भारीजुज्यूले बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बांडफांड तथा बित्तीय विवरणमा संलग्न अनुसुचिहरु उपर छलफल सहित दशौ वार्षिक साधारणसभा सम्पन्न भएकोछ । रु.६४ करोड चुक्ता पंूँजी भएको यस विकास बैंकले नेपाल राष्ट्र बैंकले स्वीकृती गरेको आ.ब.०७०/०७१ खुद नाफा मध्येबाट चुक्ता पूंजीको १५ प्रतिशत बोनस शेयर तथा ६.३० प्रतिशत (कर सहित) नगद लाभांस सो साधारणसभाबाट पारित गरि बैकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ र क्षेत्रीय कार्यालय पोखरा तथा नेपालगञ्जबाट आफ्ना शेयरधनी महानुभावहरुलाई वितरण गरिने भएको छ ।

यस अघि मिति २०७१/०६/१२ मा बसेको बिशेष साधारण सभाद्धारा पारित ४ बराबर १ हकप्रद शेयरको हकमा सो जारी हुन अगाबै यस साधारणसभाबाट १५ प्रतिशत बोनस शेयर रु. ९ करोड ६० लाख थप पारित भई रु. ७३ करोड ६० लाखको ४ बराबर १ कित्ताको दरले हकप्रद शेयर रु. १८ करोड ४० लाख थप भई कुल जारी तथा चुक्ता पूंजी रु. ९२ करोड कायम गर्ने गरि पूंजीवृद्धि गर्ने बिशेष प्रस्ताव समेत पारित गरि दशौ बार्षिक साधारणसभा सम्पन्न गरियो ।

यसरी क्षेत्रीय स्तरका दुई विकास बैंक मर्ज भई आकर्षण प्रतिफल २१.३० प्रतिशत (१५ प्रतिशत बोनस शेयर तथा ६.३० प्रतिशत नगद लाभांस) बिगत बर्षहरुमा भन्दा बढि मुनाफा दिन सफल भएको छ र उपयुक्त संस्थाहरु मर्ज भएमा Synergy Effect  देखिन सक्छ भन्ने उदाहरण यी दुई बैंकको मर्जबाट पुष्टि हुन्छ । चालु आ.ब. २०७१ साल पौष मसान्तसम्म आफ्ना २५ वटा शाखाहरु मार्फत यस विकास बैंकले रु.७ अर्ब निक्षेप संकलन, रु. ६ अर्ब कर्जा प्रवाह गरि रु.७ करोड ६७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अघि २०७१/११/०१ गते आफ्नो २६ औ शाखा चितवनको पर्यटकीय क्षेत्र टांडीको सौराहाचोकमा संचालनमा ल्याई सकेको छ, भने थप ४ वटा शाखाहरु जुम्ला, बर्दि्रयाको गुलरिया, पूर्वाञ्चलको ईटहरी र ललितपुरको इमाडोलमा संचालनको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृती समेत प्राप्त भई सकेको छ । आफ्नै ९ वटा ए टी एम सहित ग्राहकहरुलाई अत्याधुनिक मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैकिङ्ग सेवा लगायत ए.बि.बि.एस. सेवा, तथा क्षेत्रीय कार्यालय न्यूरोड पोखरा र धम्बोझीचोक नेपागञ्जबाट लकर सेवा, सुनचांदी धितो कर्जा सेवा, ३६५ दिन बैंकिङ्ग सेवा र सन्ध्याकालिन काउन्टर सेवा समेत प्रदान गर्दै आईरहेको यस विकास बैंकका झण्डै १ लाख २० हजार ग्राहक संख्या रहेका छन भने पोखराको न्यूरोड, दुलेगौंडा तनहुं, बाग्लुङ तथा अमरापुरी नवलपरासी लगायतका शाखा कार्यालयहरुबाट अति विपन्न वर्गका ब्यक्तिहरुलाई सामुहिक जमानीको आधारमा बिना धितो लघुबित्त कर्जा समेत प्रदान गर्दै आईरहेको यस बैंक साविक सांग्रिला डेभलपमेन्ट बैंक लि.पोखरा र बागेश्वरी डेभलपमेन्ट बैंक लि.नेपालगन्ज मिति २०७१/०३/२९ गते एक आपसमा गाभिई राष्ट्रिय स्तरको विकास बैंक भएको  यहांहरु सम्पूर्णको जानकारीको लागि प्रेस विज्ञप्ती जारी गरेका छौं ।

(राजेन्द्र प्रसाद पौडेल)
प्रमुख कार्यकारी अधिकृत

मितिः२०७१/१२/३०

Latest News