सांग्रिला डेभलपमेन्ट बैंकको २६ औं शाखा टाँडीमा

SAM_8162
“सांग्रिला डेभलपमेण्ट बैंक लि.” बालुवाटार, काठमाण्डौंले आज मिति २०७१/११/०१ गते देखि चितवन जिल्लाको रत्ननगर १, सौंराहा चोक, टाँडीमा बैंकको २६औं शाखा कार्यालयको रुपमा टाँडी शाखाको बैंकका सञ्चालक समिति अध्यक्ष श्री सुरेन्द्र बहादुर भारीजुले समुदघाटन गर्नुभयोे । उक्त कार्यक्रममा चितवन जिल्ला रत्ननगर नगरपालिकाका कार्याकारी प्रमुख श्री नारायण पाण्डे, उधोग वाणिज्य संघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष श्री अनिल कृष्ण श्रेष्ठ, शसस्त्र प्रहरी बल, गढीमाई गणका प्रहरी नायव उपरिक्षक श्री प्रेम सिग्देल, न्यू क्यापिटल कलेजका प्रिन्सीपल श्री भूपेन्द्र धिताल लगायत अन्य विभिन्न निकायबाट पाल्नु भएका विशिष्ट व्यक्तित्वहरुले अतिथीको आसन ग्रहण लगायत शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बैंकका सञ्चालक तथा संस्थापकज्यूहरु, प्रमुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद पौंडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत श्री दिनेश थकाली लगायत पत्रकार तथा संचारकर्मीज्यूहरु, विभिन्न निकायका प्रतिनिधीज्यूहरु, स्थानिय व्यक्तित्व तथा ग्राहक महानुभावहरुको उपस्थिती रहेको थियो । उक्त शाखा सहित बैंकका हाल कुल २६ वटा शाखा कार्यालय तथा ४ वटा माईक्रोफाईनान्स कार्यालयहरु ९ वटा ATM रहेका छन् । ग्राहकवर्गलाई उत्कृष्ट सेवा प्रदान गरी मुनाफा आर्जन गर्ने बैंकको लक्ष्य बमोजिम विकास बैंकले ग्राहक केन्द्रित निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्नुका साथैं ABBS/Internet/Mobile/SMS Banking  सेवा, ३६५ दिन बैंकिङ्ग सेवा, सन्ध्याकालिन काउण्टर तथा लकर सूविधा जस्ता अत्याधुनिक सेवाहरु प्रदान गर्दै आएको छ ।

यस विकास बैंकको २०७१ माघ मसान्तसम्म कुल निक्षेप :- ७ अरब ६४ लाख, कर्जा लगानी :- ६ अरब ८४ लाख रहेको छ भने आर्थिक वर्ष २०७१/०७२ को पहिलो ६ महिनाको संक्षिप्त वित्तिय विबरण तपसिलमा उल्लेख गरिएको छ ।

२०७१ पौष मसान्तको अपरिष्कृत वित्तीय विवरण :-

१) शेयर पूंजी /चुक्ता पूंजी :- रु. ६४ करोड
२) निक्षेप :- ६ अरब ९४ करोड
३) कर्जा लगानी :- ५ अरब ९८ करोड
४) खुद मुनाफा :- ७ करोड ६७ लाख
६) प्रति शेयर आम्दानी :– २३.९८

उक्त कार्यक्रमममा बैंकका सञ्चालक श्री मधुसुदन शर्माज्यू ले बैंकको तर्फबाट स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद पौंडेलज्यूले बैंकको वित्तिय स्थिती तथा भावि कार्यक्रमबारे प्रकाश पार्नुु भएको थियो । सभामा सञ्चालक समिति अध्यक्ष श्री सुरेन्द्र बहादुर भारीजुले शाखा कार्यालयको समुदघाटन गर्नुको साथै सभाको विसर्जन गर्नुभएको थियो ।

बैंकले यस शाखाबाट ATM सुविधा लगायत उक्त शाखामा मात्र लागु हुने गरी खाता खुलेकै दिनमा व्याज प्रदान गर्ने गरी १ वर्षे प्रिपेड मुद्दती खाता संचालनमा ल्याएको व्यहोरा जानकारी गराउँदछौं उक्त योजना २ महिनासम्मको लागि मात्र लागू हुनेछ ।

राजेन्द्र प्रसाद पौंडेल
प्रमुख कार्यकारी अधिकृत

मिति :- २०७१/११/०१

Latest News