सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीलाई एक दिने तालिम ।

पोखराको न्यूरोड प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लि.ले यहि २०६९ साल मंसिर ४ गतेका दिन कास्कीको नौ डांडा स्थित हिमालयन देउराली रिसोर्टमा आफ्ना १३ वटै शाखाका करिब ३५ जना कर्मचरीहरुलाई “Better Customer Service through Motivation & Self Respect” सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ । सो तालिम नेपाल लगायत बिभिन्न अन्य देशहरुमा समेत तालिम दिदै आउनु भएका ख्याति प्राप्त प्रशिक्षक Mr. Brain Leonard Williams ले दिनु भएको थियो । सो कार्यक्रमको समापनमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश थकालीले आफ्नो मनतब्य राख्दै कर्मचारीहरुले तालिमबाट सिकेको ज्ञान ब्यवहारमा उतारी ग्राहक तथा बैंक बिचको सम्बन्ध अझै बढि प्रगाढ हुनेछ भन्ने विश्वास ब्यक्त गर्नु भएको थियो भने बैंकका अध्यक्ष श्री विश्वास गौचनले सहभागीहरुलाई प्रमाण पत्र वितरण गदै यस तालिमबाट बैंक तथा कर्मचारीहरु लाभान्बित हुनेछन भन्दै प्रशिक्षक, सहभागी तथा ब्यवस्थापनलाई धन्यबाद समेत दिनु भएको थियो ।

Latest News