सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको ११औं वार्षिकोत्सव

DSC_0916

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड मध्यपश्चिमाञ्चल विकास क्षेत्रको साविक बागेश्वरी डेभलपमेण्ट बैंक लि. र पश्चिमाञ्चल विकास क्षेत्रमा स्थापित साविक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड पोखरा मिति २०७१/०३/२९ गते मर्ज भई बनेको राष्ट्रि«य स्तरको विकास बैंक हो । यस विकास बैंकका हाल २५ वटा शाखा कार्यालयहरु संचालनमा रहेका छन । ग्राहकवर्गको अटुट विश्वासका साथ कार्यक्षेत्र भित्र सामाजिक उत्तरदायित्वका कार्यहरुमा समेत संलग्न रही सम्पुर्ण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको कारण बैंकले आजको मितिसम्म आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो । बैंकको प्रगतिमा स्थापना काल देखि हालसम्म आ–आफ्नो स्थानबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग तथा सदभाव प्रदान गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, ग्राहकवर्ग, शुभचिन्तक, सम्पूर्ण बैंक कर्मचारी परिवार, सरकारी तथा गैर सरकारी संघ संस्थाहरु, सञ्चारकर्मी तथा मिडियाकर्मी साथीहरु, यस बैंकका पूर्व तथा वर्तमान सञ्चालकहरु लगायत सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।

बैंकको यस ११औं वार्षिकोत्सवमा केन्द्रिय कार्यालयमा आयोजित आँखादान कार्यक्रममा उल्लेखनिय सहभागीताका साथ कुल ४० जनाले आँखादान गरेको र सो को जानकारी सहित आवश्यक कागजात तिलगंगा आँखा अस्पताल लाई हस्तान्तरण गरिएको छ । साथै केन्द्रिय कार्यालय लगायत कुल ९ वटा  कार्यालयहरुमा २९० जनाले आफ्नो अमुल्य रक्तदान गरी कुल २९० पाउण्ड रगत स्थानिय नेपाल रक्त संचार केन्द्र, नेपाल रेडक्रस सोसाईटी लाई हस्तान्तरण गर्नुका साथैं बैंक ब्यवस्थापनबाट रगत तथा आँखा दान गर्ने दाताहरुलाई प्रमाणपत्र समेत वितरण गरीयो । उक्त आँखादान कार्यक्रममा सबैंभन्दा जेष्ठ नागरिक वर्ष ८६ कि श्रीमति हिरा देवि पौंडेलले आँखादान गर्नुका साथैं बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद पौंडेल र नायब प्रमुख कार्यकारी अधिकृत श्री दिनेश थकालीले समेत आँखा तथा रगत दान गर्नुभयो । अन्त्यमा बैंकले गरेको यस कार्यमा सहयोग प्रदान गर्ने नेपाल रेडक्रस सोसाईटी, तिलगंगा आँखा अस्पताल, लगायत अन्य सरकारी तथा गैंर सरकारी निकाय तथा रगत र आँखा दान गर्ने शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, सहयोगी संस्था लायन्स क्लब अफ काठमाण्डौं सांग्रिला र बैंक संचालक एवं संस्थापकज्यूहरु तथा अन्य दाताहरुलाई हार्दिक धन्यवाद् ज्ञापन गर्दैै आउँदो दिनहरुमा समेत यहाँहरुको निरन्तर सहयोग तथा सहकार्यको अपेक्षा गर्दछौ ।

राजेन्द्र प्रसाद पौडेल
प्रमूख कार्यकारी अधिकृत

मिति : २०७१/०७/१३

Latest News