सांग्रिला डेभलपमेण्ट बैंक लि. बागेश्वरी डेभलपमेण्ट बैंक लि. गाभिने सम्बन्धी सूचना ।

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड बागेश्वरी डेभलपमेण्ट बैंक लिमिटेडमा गाभिने र गाभिए पश्चात् सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको नामवाट एकीकृत कारोबार गरिने बारेको सूचना ।

बागेश्वरी डेभलपमेण्ट बैंक लिमिटेड , नेपालगञ्ज, बाँके ( ” ख ” वर्ग , १-३ जिल्लास्तर ) र सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड , पोखरा , कास्की ( “ख ” वर्ग , ४-१० जिल्लास्तर ) को मिति २०७०\१२\२३ मा सम्पन्न भएको अलग अलग साधारणसभाबाट दुवै संस्थाहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताब पारित भए बमोजिम नेपाल राष्ट्र बैंकको मिति २०७१\०२\२९ को पत्रानुसार गाभ्ने गाभिने सम्बन्धी अन्तिम स्वीकृति प्राप्त भएको र नेपाल सरकार , कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७१\०३\१३ को पत्रबाट समेत गाभ्ने गाभिने सम्बन्धमा स्वीकृति प्राप्त भएको हुँदा साविक सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको गाभिने अन्तिम दिन सम्म कायम रहेको लेखामा उल्लिखित मूल्यमा सम्पूर्ण चलअचल सम्पति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु गाभ्ने संस्था बागेश्वरी डेभलपमेण्ट बैंक लिमिटेडले व्यहोर्ने , सकार्ने एवं गाभिने कम्पनीबाट हाल सम्म भए गरिएका सम्पूर्ण कारोवार गाभिने कम्पनीको जारी शेयर प्रमाणपत्र गाभ्ने कम्पनीमा रुपान्तरण तथा करारहरु गाभ्ने कम्पनीले नै गरे सरह रहने र गाभिए पश्चात् बागेश्वरी डेभलपमेण्ट बैंक लिमिटेड को नाम परिवर्तन गरी सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड (Shangri-la Development Bank Ltd. ) ( ” ख “ वर्ग ,राष्ट्रियस्तर ) को नामबाट मिति २०७१\०३\२९  तदनुसार १३ जुलाई २०१४ देखि एकीकृत रुपमा वित्तीय कारोवार शुरु गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै, गाभिएपश्चात बैंकको केन्द्रीय ( रजिष्टर्ड ) कार्यालय काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं. २२ , न्यूरोडमा रहने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराइन्छ ।

Latest News