सांग्रिलाको नाफा ७२ प्रतिशतले वृद्धि

यस सांग्रिला डेभलपमेण्ट बैंकले आ.व. २०६८–०६९ आषाढ मसान्तसम्म रु.२ अर्व ५७ करोड निक्षेप संकलन, रु. २ अर्व १२ करोड कर्जा प्रवाह गरि पौने ८ करोड संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । यो गत आ.ब. को तुलनामा निक्षेप, कर्जा तथा खुद नाफामा क्रमशः  ४७%, ३३% तथा ७२% ले बृद्धि हो भने हालसम्म यस बैंकले करिब ४८ हजार ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले यस अघि नै SMS बैंकिङ्ग सेवा, सुनचाँदी कर्जा, लघुवित्त कर्जा तथा प्रधान कार्यालय न्यूरोडबाट लकर सेवा र ३६५ दिने बैंकिङ्ग सेवा जस्ता सुबिधाहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको छ भने आफ्नै ६ वटा ATM मेशिनहरुबाट ATM सेवा तथा १३ वटा शाखा कार्यालयहरुबाट ABBS सेवा समेत प्रदान गर्दै आइरहेको छ । बैंकले विपन्न वर्गलाई लक्षित गरि लघु वित्त सेवा प्रदान गर्दै आएको छ भने उधमशिलता विकास गर्नको लागि आफ्नै पहल साथै यु. एन. डि. पि. अन्तर्गतको लघु उधम विकास कार्यक्रम सँग समेत सहकार्य गरि विभिन्न सिपमूलक तालिमहरु प्रदान गर्दै आएको छ ।

यस साँग्रिला डेभलपमेन्ट बैंक लि. ले हालै मात्र आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक बैंकिङ्ग सेवा “ I Banking” सेवा संञ्चालनमा ल्याएको व्यहोरा हाम्रा समस्त ग्राहक महानुभावहरुमा सहर्ष जानकारी गराउदछौ । यसबाट ग्राहक महानुभावहरुले घरमा बसी–बसी इन्टर्नेटको माध्यमबाट आफ्नो बैंक मौज्दात, कारोबार, व्याज रकम, कर कट्टि हेर्नको साथै आवश्यकता अनुसार चेक बुक तथा अन्य सेवाको अर्डर समेत गर्न सक्नेछन् ।

Latest News