सांग्रिलाको नवलपरासीमा लघुवित्त सेवा

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ख वर्गको क्षेत्रीयस्तरको विकास बैंकको रुपमा ईजाजत प्राप्त गरि बि. सं. २०६४ साल भाद्र ९ गते देखि बिधिवत रुपमा पोखराको न्यूरोड स्थित प्रधान कार्यालयबाट बैकिङ्ग कारोवार शुभारम्भ गरेकोमा हालसम्म आफ्ना १३ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु गर्दै आइरहेको छ ।
यस विकास बैंकले विपन्न वर्गका महिला दिदी बहिनीहरुलाई लक्षीत गरि उनीहरुको जीवनस्तर उकास्ने उदेश्यले लघुबित्त कार्यक्रम संचालन गरि हालसम्म ३ वटा क्षेत्रहरुमा करिब छ हजार छ सय भन्दा बढि बिपन्न महिला दिदी बहिनीहरुलाई लघुबित्त कार्यक्रम अन्तर्गत रु. १५ करोड भन्दा बढि कर्जा प्रवाह गरिसकेको छ भने ग्रामिण क्षेत्रमा समेत आफ्नो संजाल बिस्तार गरि बैकिङ्ग सेवाबाट बन्चित रहेका ब्यक्तिहरुलाई समेत बैकिङ्ग सेवामा पहुंच पुर्याउने उदेश्यले यहि २०६९ आश्विन ५ गतेबाट नवलपरासी जिल्लाको अमरापुरी शाखा कार्यालय अन्तर्गत थप लघुबित्त कार्यक्रम संचालनमा ल्याएको जानकारी गराईन्छ । यस कार्यक्रम बाट वरपर रहेका १० वटा भन्दा बढि गा. वि. स. का विपन्न महिला दिदी बहिनीहरुले सानो सानो कर्जा प्राप्त गरि स्वावलम्बन हुने अवसर प्राप्त हुनेमा हामी विश्वस्त छौ ।
यसरी यस विकास बैंकले नेपाल राष्ट्र बैंक तथा बिभिन्न नियमनकारी निकायहरुद्धारा निर्दिष्ट निर्देशनहरुको अधिनमा रहि आफ्ना ग्राहकहरुलाई अझ बढि सेवाहरु तथा सुबिधाहरु प्रदान गर्ने कुरामा सदा दृढ रहेको यहांहरु समक्ष ब्यक्त गर्न चाहान्छौ ।

Latest News