सांग्रिला/एभिन्यूज आपत्कालिन राहत कोष रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तानान्तरण ।

यही २०७२ साल बैशाख १२ गते तथा तत् पश्चात आएको बिनासकारी महाभुकम्पले गर्दा देशको बिभिन्न ठाउंहरुमा भएको अपुरणीय धनजनको क्षति तथा हजारौ मानिसहरु घरवार बिहीन भएको यस दुःखद घडीमा यस विकास बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्य अन्र्तगत यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एभिन्यूज टेलिभिजनको संयुक्त सहकार्यमा यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाण्डौंमा आपत्कालीन राहतकोष खडा गरि उक्त कोषमा यस विकास बैंक, संचालक समिति र सम्पूर्ण कर्मचारीहरुको तर्फबाट तथा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुबाट मिति २०७२/०१/३१ गतेसम्म जम्मा हुन आएको रकम रु. २१,८५,३६२/४३ (अक्षरेपी एक्काईस लाख पचासी हजार तिन सय बैसठ्ठी र पैसा त्रिचालिस मात्र) बराबरको चेक यस विकास बैंकका अध्यक्ष प्रा.सुरेन्द्र बहादुर भारीजु तथा एभिन्यूज टेलिभिजनका प्रतिनिधि श्री निर्जल श्रेष्ठले सम्माननिय प्रधानमन्त्री श्री सुशिल कोईरालाज्यू मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मिति २०७२/०२/०८ गते हस्तान्तरण गरिसकेको ब्यहोरा अनुरोध गर्दे तत् पश्चात मिति २०७२/०२/२७ गते सम्म जम्मा हुन आएको रकम रु.४,९०,५३६/(अक्षरेपी चार लाख नब्बे हजार पांच सय छत्तिस मात्र) बराबरको चेक सम्माननिय प्रधानमन्त्री श्री सुशिल कोईरालाज्यू मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पुनः यस विकास बैंकका प्रमुख कार्यकारी अधिृकत श्री राजेन्द्र प्रसाद पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत श्री दिनेश थकालीद्धारा हस्तान्तरण गरिएको ब्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराइन्छ । यसरी यस थप रकम प्रदान गरिए पश्चात विकास बैंकद्धारा जम्मा गरिएको राहत स्वरुपको रकम रु.२६,७५,८९८/४३ हुन आउने ब्यहोरा समेत सहर्ष जानकारी गराईन्छ । साथै उक्त राहत कोषमा रकम जम्मा गर्नु हुन सहयोगी हात फैलाउनु हुने सम्पूर्ण स्वदेश तथा बिदेशमा रही सहयोग गर्नु हुने दाजु भाई तथा दिदी बहिनीहरु प्रति हार्दिक आभार समेत ब्यक्त गर्दछौं ।

……………………….
राजेन्द्र प्रसाद पौडेल
प्रमुख कार्यकारी अधिकृत

मिति : २०७२/०२/२८

Latest News