सांग्रिला/एभिन्यूज आपत्कालिन राहत कोष रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तानान्तरण ।

pic1

यही २०७२ साल बैशाख १२ गते आएको बिनासकारी महाभुकम्पले गर्दा देशको बिभिन्न ठाउंहरुमा भएको अपुरणीय धनजनको क्षति तथा हजारौ मानिसहरु घरवार बिहीन भएको यस दुःखद घडीमा यस विकास बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्य अन्र्तगत यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एभिन्यूज टेलिभिजनको संयुक्त सहकार्यमा यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाण्डौंमा आपत्कालीन राहतकोष खाता नं. ९९९४२६००११७६९९०००००१ खडा गरि उक्त कोषमा यस विकास बैंकको तर्फबाट रु.१२,००,०००/, संचालक समितिको तर्फबाट रु.३१,०२५/ यस बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट रु. १,६३,६३४/८७ गरि जम्मा रु. १३,९४,६५९/८७ (अक्षरेपी तेह्र लाख चौरानब्बे हजार छ सय उनानसाठ्ठी र पैसा सतासी मात्र) तथा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुबाट मिति २०७२/०१/३१ गतेसम्म जम्मा हुन आएको रकम रु. ७,९०,७०२/५६ (अक्षरेपी सात लाख नब्बे हजार सात सय दुई र पैसा छपन्न मात्र) समेत गरि जम्मा रु. २१,८५,३६२/४३ (अक्षरेपी एक्काईस लाख पचासी हजार तिन सय बैसठ्ठी र पैसा त्रिचालिस मात्र) बराबरको चेक यस विकास बैंकका अध्यक्ष प्रा.सुरेन्द्र बहादुर भारीजु तथा एभिन्यूज टेलिभिजनका प्रतिनिधि श्री निर्जल श्रेष्ठले एक कार्यक्रमका बिच सम्माननिय प्रधानमन्त्री श्री सुशिल कोईरालाज्यू मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तानान्तरण गरिएको ब्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछु । साथै उक्त खातामा हालसम्म पनि रकम जम्मा हुने क्रम जारी नै रहेको र उक्त राहत कोषमा रकम जम्मा गर्नु हुन सहयोगी हाल फैलाउनु हुने सम्पूर्ण स्वदेश तथा बिदेशमा रही सहयोग गर्नु हुने दाजु भाई तथा दिदी बहिनीहरु प्रति हार्दिक आभार समेत ब्यक्त गर्दछौं ।

……………………
राजेन्द्र प्रसाद पौडेल
प्रमुख कार्यकारी अधिकृत

मिति : २०७२/०२/०८

Latest News