साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा गुलरिया र इमाडोलमा मा ।

Shangrila Dev Bank

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले यही मिति २०७२/११/०९ गते बर्दिया जिल्लाको गुलरिया र ललितपुरको इमाडोलमा आफनो शाखाहरु विस्तार गरि कारोवार शुभारम्भ गरेको छ भने उक्त गुलरिया शाखाको उद्घाटन बैैंकका संचालक श्री अच्यूत प्रसाद प्रसाईले गर्नु भयो सो शाखाबाट लघु वित्त सेवा पनि प्रदान गरिनेछ । यसरी अब यस विकास बैंकको कुल शाखा संख्या ३१ पुगेको छ । यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा संजाल स्थापन गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको छ । शाखा विस्तारको साथै आजैबाट यस विकास बैंकको (४ः१) चार बराबर एकको हकप्रद शेयर समेत निष्कासनको लागि आबेदन खुला गरेको छ ।

गत आ.ब.२०७१/७२ को मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई २०.८५ प्रतिशत बोनस शेयर प्रदान गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकति प्राप्त भई यही फाल्गुन १४ गते हुन गईरहेको ११ औं साधारणसभाबाट पारित भए पश्चात वितरण गरिनेछ । हाल ७३ करोड ६० लाख चुक्ता पूंजी रहेको यस विकास बैंकको बोनस शेयर बितरण तथा हकप्रद शेयर निष्कासन गरे पश्चात चुक्ता पूंजी रु. १ अर्ब ७ करोड ३४ लाख ५६ हजार पुग्ने छ । चालु आ.ब.को दोस्रो त्रैमासिक अवधिसम्म करिब ९ अर्व १३ करोड निक्षेप संकलन, ६ अर्ब ९१ करोड कर्जा प्रवाह गरि करिब रु. १४ करोड ७९ लाख संचालन मुनाफा आर्जन गरेको छ ।

सहयोगको लागि धन्यवाद

………………………
दिनेश थकाली
नायब प्रमुख कार्यकारी अधिकृत
मितिः२०७२/११/०९

Latest News