सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने !!

काठमाण्डौको  बालुवाटारमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको विकास बैंक साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले बुटवलमा प्रधान कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेड (३ जिल्ला कार्यक्षेत्र भएको), तथा गोरखामा प्रधान कार्यालय रहेको कसमस डेभलपमेन्ट बैंक लिमिटेड (१ जिल्ला कार्यक्षेत्र भएको) लाई प्राप्ति गर्ने सम्बन्धमा दुई विकास बैंकसंग छुट्टा छुट्टै कार्यक्रम आयोजना गरि प्रारम्भिक सहमतीपत्रमा हस्ताक्षर गरि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने प्रक्रिया अगाडी बढाईयो । उक्त सहमतीपत्रमा साँग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष प्रा.श्री सुरेन्द बहादुर भारीजु, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष श्री पशुपती घिमिरे तथा कसमस डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष प्रा.डा.श्री टेकनाथ ढकालले हस्ताक्षर गर्नु भएका छन ।
उक्त दुई वटा विकास बैंकहरुको प्राप्ति पछि तिनवटै संस्थाहरुको आ.ब.२०७२/७३ को बोनश शेयर वितरण भए पश्चात साँग्रिला डेभलपमेन्ट लिमिटेडको चुक्ता पूंजी करिब रु. १ अर्व ५७ करोड पुग्नेछ भने चालु आ.ब. २०७३/७४ को बाड्न मिल्ने कोष तथा मुनाफाबाट कम्तीमा पनि रु. ३० करोड बराबरको बोनश शेयर वितरण पछि बैंकको चुक्ता पूंजी करिब रु. १ अर्व ८७ करोड पुग्नेछ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रिय स्तरको विकास बैंकलाई चाहिने चुक्ता पूंजी रु. २ अर्व ५० करोडमा करिब रु. ६३ करोड बराबर कम हुन जाने अपुग पूँजीलाई पुनः कुनै पनि बित्तीय संस्थालाई गाभ्ने गाभिने/प्राप्ति गर्ने एवं हकप्रद शेयर जारी गरि केही रकम थप गरि यसै आ. व. भित्र पुर्याउने लक्ष्य लिईएको छ ।
आफ्नो संजाल स्थानिय स्तरमा मजबुत रुपमा रहेको संस्थाहरु रणनैतिक रुपमा गाभिंदा सिनर्जी आउने विश्वासका साथ यस अघि बागेश्वरी डेभलपमेण्ट बैंक लिं., नेपालगञ्ज तथा सांग्रिला डेभलपमेण्ट बैंक पोखरा एक आपसमा गाभिइ कारोवार गरि आएकोमा सोही भावना एवं रणनिती अनुरुप हाल दुवै संस्थाहरुको आ-आफ्नो सवल पक्षहरुलाई उचित सम्मानका साथ प्राप्ति सम्बन्धि कार्य अगाडी बढाईएको जानकारी गराउन चाहन्छौ । तिनवटै संस्थाका सरोकारवाला संस्थापक तथा सर्वसाधारण शेयरधनीहरु, नियामक निकाय, कर्मचारीहरु तथा संचालकज्यूहरुको हालसम्म सकारात्मक सहयोग तथा भूमीका रही आएकोमा आभारी छौ ।
यसरी मर्ज पश्चात आ.ब.२०७३/७४ को प्रथम त्रैमासिक विवरण अनुसार निक्षेप रु. १३ अर्व ३६ करोड तथा कर्जा रु. ११ अर्व ७० करोड पुग्नेछ भने शाखा संख्या ४३ वटा, ४ वटा एक्सटेन्सन काउन्टर तथा ६ वटा लघुबित्त शाखा हुने छन ।

सहयोगको लागि धन्यवाद ।

IMG_3608 IMG_3632 IMG_3634 IMG_3780 IMG_3821 IMG_3825

Latest News