छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा सांग्रिला बैंक द्धारा रक्तदान कार्यक्रमको आयोजना

नेपाल राष्ट्र बैंकबाट “ख” बर्गको क्षेत्रीय स्तरको विकास बैंकको रुपमा अनुमति प्राप्त गरि मिति २०६४/०५/०९ गते देखि कारोवार शुभारम्भ गरेको यस सांग्रिला डेभलपमेन्ट  बैंक लि. ले आफ्नो स्थापनाको छैटौं  बर्ष सफलतापूर्वक पार गरि सातौ बर्षमा प्रवेश गरेको शुभ अवसरमा प्रधान कार्यालय न्यूरोड, पोखरामा आज रक्तदान कार्यक्रम गरि आफ्नो सातौ बार्षिक उत्सव सम्पन्न गरेको छ, जसमा नेपाल रेडक्रस सोसाईटी पोखराको प्राविधिक सहयोगमा  ५५ जना महानुभावहरुले रक्तदान गरि उक्त रगत नेपाल रेडक्रस सोसाईटी पोखरालाई हस्तानान्रण गरेको छ । यहांसम्म आईपुग्दा हामीलाई प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण  नियमनकारी निकाय, संथापक शेयरधनी, ग्राहकबर्ग, कर्मचारी तथा सम्पूर्ण शुभ चिन्तक महानुभावहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

यस विकास बैंकले छैटौं बर्षको कार्यकाल पुरा गर्दा गत आर्थिक बर्ष आषाढ मसान्तसम्म रु. ३ अर्ब १२ करोड निक्षेप संकलन,रु. २ अर्ब ७१ करोड कर्जा प्रवाहगरि रु. १३ करोड ३६ लाख संचालन मुनाफा गर्न सफल भएको छ भने आफ्ना १३ वटा शाखाहरु मार्फत करिब ६१ हजार भन्दा बढी ग्राहकहरुलाई ABBS, SMS Banking, IBanking, आफ्ना ६ वटा ATM मेशिन बाट निशुल्क ATM सुबिधा, प्रधान कार्यालयबाट संन्ध्याकालिन सेवा, ३६५ दिने बैंकिङ्ग सेवा तथा लकर सेवा र सुन चांदी कर्जा जस्ता गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ । “ सांग्रिला विकास बैंक सबैका लागि ” भन्ने आफ्नो मुलनारा अनुरुप यस बैंकले शहर मुखी मात्र केन्द्रीत नरहेर ग्रामिण स्तरसम्म आफनो संजाल बिस्तार गरि ४ वटा शाखाहरु मार्फत बिपन्न तथा न्यून आय भएका महिला दिदी बहिनीहरुलाई लक्षित लघुबित्त कारोबार संचालन गरि बिना द्यितो सामुहिक जमानीमा कर्जा प्रदान गर्दे आईरहेको छ ।

यसरी सातौं बर्षसम्म आईपुग्दा यस विकास बैंक र मध्य पश्चिमाञ्चलको नेपालगञ्ज प्रधान कार्यालय रहेको बागेश्वरी डेभलपमेन्ट बैंक लि. बिच मर्जको लागि आवश्यक प्रक्रियाहरु पुरा गरि निकट भविष्यमा नै राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्त्तर उन्नति हुन लागिरहेको कुरा समेत जानकारी गराउन चाहन्छु ।

दिनेश थकाली
का.मु. प्रमुख कार्यकारी अधिकृत

Latest News