एभिन्यूज टेलिभिजन / सांग्रिला डेभलपमेन्ट बैंक लि आपत्कालीन राहत कोष खाता

यही २०७२ साल बैशाख १२ गते आएको बिनासकारी महाभुकम्पले गर्दा देशको बिभिन्न ठाउँहरुमा भएको अपुरणीय धनजनको क्षति हुन गई मृत्य हुने सम्पूर्ण स्वर्गिय आत्माहरुको चिर शान्तिको कामना गर्दै  हताहत हुने सम्पूर्णको शिघ्र स्वास्थ लाभको कामना सहित सम्पूर्ण देशबासीहरु प्रति धैर्यधारणको लागि हार्दिक अनुरोध गर्दछौ ।

यस दुःखद घडीमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एभिन्यूज टेलिभिजनको सहकार्यमा  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड  केद्रिय कार्यालय , बालुवाटारमा एभिन्यूज / सांग्रिला आपत्कालीन राहतकोष खाता नं.  ९९९ ४२६०० ११७६९९ ०००००१  खडा गरी उक्त कोषमा बैकको तर्फबाट रु. १२,००,००० /-  (अक्षेरुपी बाहृ लाख मात्र)  संचालक समितिको तर्फबाट रु.३१,०२५ /-  (अक्षेरुपी एकतिस हजार पच्चिस मात्र)  तथा  यस बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबरको रकम रु.१,६४,००० /–   (अक्षेरुपी एक लाख चौसठ्ठी हजार मात्र)  गरि कुल रकम रु. १३,९५,०२५ /– (अक्षेरुपी तेहृ लाख पन्चान्नब्बे हजार पच्चिस रुपैया मात्र ) जम्मा गरिएको ब्यहोरा यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउदछौं साथै उक्त आपत्कालीन राहतकोष खातामा यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत रकम जम्मा गर्न सकिने र यस बिपतको घडिमा पिडितहरुलाई सक्दो सहयोग गरि मानवीय सेवा गर्नु हुन सम्पूर्ण शेयरधनी, ग्राहक महानुभावहरु तथा समस्त देशबासी दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं।

यस कठीन परिस्थितीमा समेत ग्राहक महानुभावहरुमा पर्न सक्ने असुबिधालाई मध्यनजर गर्दै यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सम्पूर्ण शाखा कार्यालयहरुबाट मिति २०७२/०१/१३ गते देखि नै सम्पूर्ण बैैंकिङ्ग सेवा सुचारु गर्दै आएको तथा उक्त कोषमा जम्मा हुने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने ब्यहोरा समेत यसै प्रेस बिज्ञप्ती मार्फत् जानकारी गराउँदछौं ।

……………………….
(राजेन्द्र प्रसाद पौडेल)
प्रमुख कार्यकारी अधिकृत
मिति २०७२/०१/१५

Latest News