एघारौं वार्षिक साधारण सभा तथा हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुने सम्बन्धी सूचना

एघारौं वार्षिक साधारण सभा तथा हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुने सम्बन्धी सूचना

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मिति २०७१/१२/३० मा सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित भई डेभलपमेन्ट बैंकका शेयरधनीहरुमा ४:१ को अनुपातमा (विद्यमान् ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको दरले) हकप्रद शेयर निष्काशन तथा आगामी एघारौं वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०७२/१०/२१ गतेदेखि मिति २०७२/११/१४ गते सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरिने व्यहोरा शेयरधनीहरु लगायत सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गर्दछौं । शेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति २०७२/१०/२१ गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कारोबार भई सो मितिले ७ (सात) कार्य दिनसम्म शेयर नामसारी तथा दाखिल खारेजका लागि आवश्यक कागजात सहित यस डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार श्री एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड , लाजिम्पाट काठमाडौंमा पेश भएको विवरणको आधारमा कायम भएका शेयरधनीले मात्र साधारण सभा प्रयोजनका साथै हकप्रद शेयरका लागि योग्य हुने हुँदा सम्बन्धित सबै शेयरधनीहरु तथा खरीदकर्ताहरुले सोही अनुसार शेयर नामसारी गर्नुहुन समेत अनुरोध गदछौं ।

मिति : २०७२/१०/१४

 

Latest News