आ.ब.२०७०/७१ को तेस्रो त्रैमासिक प्रतिवेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली,२०६५ को अनुसूचि–१४

(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)
आ.ब.२०७०/७१ को तेस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण : 

(क) यस विकास बैंकको वासलात तथा नाफा नोक्सान हिसाब सम्बन्धी विवरण :

आ.ब.२०७०/७१ को तेस्रो त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण २०७१/०२/०१ को कारोवार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिएको छ ।

(ख) प्रमुख वित्तीय परिसूचकहरु :

प्रति शेयर आम्दानी रु २८/४२ (बार्षिक)
मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) ४/४७ (बार्षिक)
प्रति शेयर नेटवर्थ रु.१५५/७८
प्रति शेयर कुल सम्पत्तिको मुल्य रु.१,३३३/२०
तरलता अनुपात २९/३५%

२. व्यवस्थापकीय विश्लेषण :

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण :

यस चालु आ. व.२०७०/७१ को तेस्रो त्रैमासिक अवधिसम्म यस विकास बैंकको बित्तीय विवरणहरु सन्तोषजनक रुपमा नै बृद्धि भई रहेको छ । निक्षेप संकलन ३ अर्व ६८ करोड, कर्जा लगानी ३ अर्व १२ करोड र खुद मुनाफा ६ करोड ८२ लाख रहेको छ । जुन अघिल्लो आ. व. को सोही अवधिको तुलनामा निक्षेपमा २९.७१, कर्जा लगानीमा २०.९६ तथा मुनाफामा १८.२२ प्रतिशतको बृद्धि रहेको छ भने तरलता अनुपात समेत २९.३५ प्रतिशत रहेको छ ।

(ख) आगामी अवधिको ब्यवसायिक योजना सम्बन्धमा ब्यवस्थापकको बिश्लेषणात्मक विवरण :

यस विकास बैंक र बागेश्वरी डेभलपमेन्ट बैंक लिमिटेड बिच एक आपसमा मर्ज गर्ने यस विकास बैंकको मिति २०७०/१२/२३ गतेको छैठौं बार्षिक साधारणसभाबाट निर्णय पारित गरि सोको अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निबेदन पेश गरिसकेको छ भने तत्पश्चात बन्ने राष्ट्रिय स्तरको विकास बैंकको लागि चाहिने भौतिक तथा मानव पूर्वाधार निर्माण तथा दुई बैंक विचको सूचना तथा प्रविधि र नीति नियमहरुमा एकरुपता कायम गर्ने कार्य समेत सम्पन्न भई रहेको छ । साथै राष्ट्रिय स्तरको विकास बैंक भए पश्चात निक्षेप तथा कर्जा प्रवाहमा बृद्धिको साथै नेपाल राष्ट्र बैंकबाट बैंक तथा बित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन बमोजिम उत्पादनशील क्षेत्रहरु कृषि, उर्जा, पर्यटन तथा घरेलु तथा साना उद्योगहरुमा समेत कर्जा बढाउदै लैजाने, छिटो छरितो आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराउने उदेश्यले मोबाईल बैकिङ्ग सेवाको माध्यामबाट उपभोग्य सेवाहरुमा समेत बृद्धि गर्दे लैजाने नीति ब्यवस्थापनको रहेको छ ।

(ग) बिगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी बिश्लेषणात्मक विवरण :

बैंक तथा बित्तीय क्षेत्रमा तरलताको अनुपातमा कर्जा लगानीका अवसरहरुको सीमितता, बैक तथा बित्तीय संस्थाहरु बिच कर्जा ग्राहकको तानातान तथा उर्जा संकटको साथै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि जस्ता कारणले गर्दा संचालन खर्चमा बृद्धि हुन गई संस्थाको मुनाफा बृद्धिदर कायम राखिराख्न चुनौतीपूर्ण देखिन्छ भने अन्यथा  तात्विक असर पार्न सक्ने अवस्था नरहेको ब्यवस्थापनको बिश्लेषण रहेको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

क) यस त्रैमासिक अवधिमा यस विकास बैंकको शाखा कार्यालय बाग्लुङ्ग समेतलाई बिपक्षी बनाई बाग्लुङ जिल्ला मल्म गा.वि.स. वडा नं.४ बस्ने नरिश्वर गौतम, बाग्लुङ जिल्ला हटिया गा.वि.स.वडा नं.८ बस्ने भिमलाल गैह्रे र बाग्लुङ जिल्ला बुर्तिबाङ गा.वि.स.वडा नं. ३ बस्ने पारस कडेलले पुनरावेदन अदालत बाग्लुङमा निषेधाज्ञा मुदा दायर गरेकोमा सो सम्बन्धमा बैंकको तर्फबाट प्रतिउत्तर पेश गरि सकेकोले विकास बैंकलाई कुनै पनि जोखिम नरहेको । त्यस्तै तनहुं जिल्ला दलेगौडा गा.वि.स.वडा नं.८ बस्ने कमला थापा, याम बहादुर थापा र सोम बहादुर थापाले यस विकास बैंकको शाखा कार्यालय, दुलेगौडालाई समेत बिपक्षी बनाई तनहुं जिल्ला अदालतमा जालसाजी मुद्धा दायर गरेकोमा सो सम्बन्धमा पनि बैंकको तर्फबाट प्रतिउत्तर पेश गरि सकेकोले विकास बैंकलाई कुनै पनि जोखिम नरहेको।

ख) यस विकास बैंकको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्घमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त नभएको।

ग) यस विकास बैंकका संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्धा दायर भएको जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण :

यस विकास बैंक तथा बागेश्वरी डेभलपमेन्ट बैंक लि. नेपालगञ्ज बांके बिच मर्जर गर्ने प्रक्रिया अन्र्तगत मिति २०६९/११/१५ गते समझदारी पत्रमा (MOU) हस्ताक्षर सम्पन्न भए पश्चात यस विकास बैंकको धितोपत्र कारोवार रोक्का रहि सो अवधिसम्ममा शेयरको अन्तिम मूल्य रु.१२७ कायम रहेको थियो भने तत्पश्चात संस्थाको शेयर खरिद तथा बिक्री सम्बन्धी धितोपत्र कारोबार नभएको ब्यहोरा अनुरोध गरिन्छ । यसरी मर्जरले लामो समयसम्म शेयर कारोवार रोक्का रहेको कारण यस संस्थाको शेयर खरिद बिक्री हुन नपाउदा सर्वसाधारण शेयर धनीहरुले अहिलेको शेयर बजारमा शेयरको बढ्दो मूल्यबाट नाफा कमाउने अवसर गुमाईएको समेत ब्यबस्थापनको बिश्लेषण रहेको छ ।

५. समस्या तथा चुनौति :

क) आन्तरिक समस्या र चुनौती :

  • कर्जामा ब्याजदर परिवर्तनको दबाब ।
  • दक्ष जनशक्तिको अभाव ।
  • अधिक तरलताको ब्यावस्थापन तथा कर्जा लगानीमा संकुचन ।

ख) बाह्रय समस्या तथा चुनौति :

  • मुद्रास्फितिको कारण आयातित बस्तुको लागतमा हुने बृद्धि
  • बैक तथा बित्तीय संस्था बिच अस्वथ प्रतिस्पर्धा ।
  • देशको तरल राजनैजिक अस्थिरता तथा न्यून आर्थिक वृद्धिदर ।

रणनीति : यसरी यस्ता समस्याहरुको समाधानको लागि कर्मचारीहरुको कार्य क्षमातामा अभिवुद्धि गरि समय सापेक्ष तालिम तथा प्रशिक्षणहरु उपलब्ध गराई कर्जा लगानीमा नयां नयां उत्पादनशिल क्षेत्रको खोजी जस्ता ब्यवसायिक रणनीतिहरु अवलम्बन गर्दै ग्राहकहरुलाई छिटो छरितो सेवा प्रदान गर्न आधुनिक प्रविधिहरुको सही प्रयोग गरि हरेक चुनौतिहरुको अत्यन्त सम्बेदनशिल ढंगबाट समाधान गर्दै लैजाने रणनीति ब्यवस्थापनको रहेको छ ।

६. संस्थागत सुशासन :

नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरुबाट संस्थागत सुशासन तथा जोखिम ब्यवस्थापन सम्बन्धी समय समयमा संचालन गरिएका सेमिनार तथा गोष्ठीहरुमा यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा संचालकहरु सहभागी हुदै आउनुभएको र सो सम्बन्धी जारी गरिएका बिभिन्न निर्देशन तथा परिपत्रहरुको बारेमा समितिहरुमा छलफल गरि यस विकास बैंकले नियमित रुपमा अक्षरस पालना गर्दै आईरहेको छ । संस्थागत सुशासनलाई सधै उच्च प्राथमिकतामा राख्दै आन्तरिक नियन्त्रण प्रणालीलाई ब्यवस्थित गर्न आन्तरिक लेखापरिक्षकको नियुक्त गरि प्रत्येक त्रैमासिक रुपमा आन्तरिक लेखा परीक्षण गराई लेखा परीक्षकले औल्याएका सुझाब तथा निर्देशनहरुलाई लेखा परीक्षक समितिमा गहन छलफल गरि कार्यान्वयन गर्दै आइरहेको छ भने आन्तरिक कारोवारलाई छिटो छरितो तथा ब्यवस्थित बनाउनु संचालक तथा ब्यबस्थापन तहमा बिभिन्न समितिहरु गठन गरिएका र उक्त समितिहरुले दिएका सुझाव र सल्लाह बमोजिम आन्तरिक नीति तथा निर्देशिका तयार गरि कार्य सम्पादन गर्दै आईरहेको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

Latest News