आ.ब.०७३।०७४ को दोस्रो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४(नियम २६ को उपनियम (१) सँग सम्बन्धित)
आ.ब.०७३।०७४ को दोस्रो त्रैमासिक प्रतिबेदन

१. वित्तीय विवरण:
(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७३/१०/२६ गतेको अन्‍नपूर्ण पोस्ट्मा प्रकाशन गरिएको छ। साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ ।

(ख) प्रमुख बित्तीय अनुपात

प्रति शेयर आम्दानी रु. २४.१६
प्रति शेयर नेटवर्थ रु. १४७.२१
मुल्य आम्दानी अनुपात १३.६६
तरलता अनुपात २८.९५%
प्रति शेयर कुल सम्पत्तिको मुल्य रु. १३५३.५७

 

२. व्यवस्थापकीय बिश्लेषण
यस अवधिमा संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको छ । यस त्रैमासको खुद मुनाफा १२.९६ करोड रहेको छ । गत बर्षको सोही अवधिको तुलनामा यस त्रैमासको कर्जा तर्फ रु. ३ अर्ब ६५ करोड (५३%) र निक्षेप तर्फ रु. २ अर्ब ९२ करोड (३२%) प्रतिशतको वृद्धि रहेको छ भने तरलता अनुपात समेत २८.९५ प्रतिशत रहेको छ जुन थप व्यवसाय वृद्धिका लागि समेत पर्याप्त रहेको छ । यस त्रैमासमा रु. ७६.९२ करोड कर्जा तथा लगानीमा वृद्धि गर्न सफल भएकोले कर्जा निक्षेप अनुपात ७८.६१% कायम रहेको र यसले मुनाफामा सकारात्मक सुधार हुने व्यवस्थापनको बिश्लेषण रहेको छ ।
कसमस डेभेलपमेण्ट बैंक र नेपाल कम्यूनिटि डेभेलपमेण्ट बैंकसंग प्राप्ति प्रयोजनका निम्ति MOU मा हस्ताक्षर भई प्राप्ति प्रक्रिया अगाडि बढाइएको छ।

३. कानूनी कारवाही सम्बन्धी विवरण
यस विकास बैंकको समीक्षा अवधिमा यस बैंकलाई वा यस बैंकले कुनै मुद्दा दायर नगरेकोे/नभएको । यस त्रैमासिक अवधिमा बैंकको संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अभियोग गरेको वा संचालक वा संस्थापक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिश्लेषण ।
(क) खुल्ला बजारले प्रतिपादित गरेको मुल्य तथा मान्यता अनुरुप शेयर कारोबारमा हुने उतार चढावलाई बैंकले सामान्य रुपमा लिएको छ ।
(ख) यस त्रैमासमा विकास बैंकको शेयर कारोबार निम्न अनुसार रहेको थियो ।

अधिकतम मुल्य ५०९
न्युनतम मुल्य ३२८
अन्तिम मुल्य ३३०
कारोबार संख्या ५८२
कारोबार दिन ५७

५.समस्या तथा चुनौती
– नेपाल सरकारबाट विकासका लागि छुट्याएको बजेट समयमा खर्च नहुनाले तथा कर्जा तथा लगानीको वृद्दिको अनुपातका निक्षेप वृद्दि हुन          नसक्नाले बजारको देखिएको तरलतामा अभावका कारण ब्याजदरमा भईरहेको परिवर्तनले निक्षेपको लागत तथा कर्जा असूलीमा पर्न सक्ने असर ।
– नेपाल राष्ट्र बैंकबाट जारी स्प्रेड, संस्थागत सामाजिक उत्तरदायित्व, कर्मचारीहरुको दक्षता अभिवृद्दि जस्ता नितिका कारण बैंकको मुनाफामा पर्न सक्ने असर ।
– अन्तराष्ट्रिय समुदायमा वैदेशिक रोजगारदाता सम्बन्धी नितिमा आउन सक्ने परिवर्तनका कारण मुलुकको रेमिट्यान्समा पर्न सक्ने असर ।
– संबिधान जारी भए पश्चात देशमा देखिएको राजनैतिक अन्यौलको अवस्था ।

  रणनीति

– राष्ट्र बैंकको निति बमोजिम कर्मचारीको कार्यदक्षतामा वृद्दि हासिल गर्नका निम्ति आवश्यक निति बनाई आन्तरीक तथा वाह्य प्रशिक्षण दिने        व्यवस्था मिलाईएको ।
– तरलताको कारणले हुने जोखिमलाई न्यूनीकरण गर्न ब्याजदरमा समसामयिक रुपमा समायोजन गरिएको ।
– मुनाफामा असर पर्न नदिने अभिप्रायका साथ कर्जाको विविधिकरणको साथै गैहृ सञ्चालन आम्दानीको वृद्दिमा व्यवस्थापनको ध्यान केन्द्रित        रहेको ।
– यस विकास बैंकले समय सापेक्ष आफूलाई परिमार्जित गर्दै विभिन्न संघ संस्था तथा व्यक्तिहरु संग समन्वय र सम्बन्ध विस्तार गरि पूँजीको साथै    नेटवर्कको विस्तार गर्ने ।
– शाखा विस्तारको साथै व्यवसाय वृद्दि तथा पूंजी वृद्दिका निम्ति दुईवटा विकास बैंक प्राप्ति प्रक्रिया अगाडि बढाइएको ।
– वित्तीय पहुंच वृद्दि र वित्तीय साक्षरता अभियानमा बैंक स्वयं र विभिन्न संघ संस्थासंग हातेमालो गर्दै अगाडी वढ्ने योजना रहेको छ ।

६. संस्थागत सुशासन
बैंकका समस्या, चुनौति तथा त्रुटिहरुको समयमा नै पहिचान गरि आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरूस्त साथै पारदर्शि बनाउनका निम्ति बैंकले आन्तरिक लेखा समिति, जोखिम व्यवस्थापन समितिको समय समयमा बैठक गरि बैंकको समिक्षा गर्ने गरिएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरु साथै संस्थागत सुशासन सम्बन्धी प्रचलित ऐन, कानूनको पुर्ण रुपमा पालना गर्दै संचालक तथा कर्मचारी आचरण सम्बन्धी व्यवस्थाको पुर्ण रुपमा पालना गर्ने गरिएको छ ।

७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारीे अधिकृतको उद्घोषण
आजका मिति सम्म यस प्रतिबेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म ब्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिबेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

Latest News