आ.ब.०७२/०७३ को चौथो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)
आ.ब.०७२/०७३ को चौथो त्रैमासिक प्रतिबेदन

१. वित्तीय विवरण:
(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७३/०४/१०  गतेको नागरिक दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ ।

(ख) प्रमुख बित्तीय अनुपात

प्रति शेयर आम्दानी रु. २२.४१
प्रति शेयर नेटवर्थ रु. १३८.९२
मुल्य आम्दानी अनुपात १८.९६
तरलता अनुपात २५.६४%
प्रति शेयर कुल सम्पत्तिको मुल्य रु. १२५१.२६

२. व्यवस्थापकीय बिश्लेषण:
यस अवधीमा संस्थाको वित्तीय अवस्था उत्साहजनक रहेको छ । यस त्रैमासको खुद मुनाफा २१.८९ करोड रहेको छ । गत बर्षको सोही अवधिको तुलनामा यस त्रैमासको कर्जा तर्फ रु. २ अर्ब ६१ करोड (४०%) र निक्षेप तर्फ रु. २ अर्ब ३५ करोड (२९.३३%) प्रतिशतको वृद्धि रहेको छ भने तरलता अनुपात समेत २५.६४ प्रतिशत रहेको छ जुनकी थप व्यवसाय वृद्धिका लागि समेत पर्याप्त रहेको छ । यस त्रैमासमा कर्जा लगानी तथा असुली कार्यमा जोड दिई कर्जा/ निक्षेप अनुपातमा समेत बृद्धि भई ७८.२५ % र निष्कृय कर्जा अनुपात ०.५४ प्रतिशत कायम रहेकोले आगामी दिनहरुमा समेत मुनाफामा सकारात्मक सुधार हुने व्यवस्थापनको बिश्लेषण रहेको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण: 
समीक्षा अवधिमा यस बैंकलाई वा यस बैंकले कुनै मुद्दा दायर नगरेकोे/नभएको । यस त्रैमासिक अवधिमा बैंकको संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अभियोग गरेको वा संचालक वा संस्थापक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिश्लेषण :
(क) खुल्ला बजारले प्रतिपादित गरेको मुल्य तथा मान्यता अनुरुप शेयर कारोबारमा हुने उतार चढावलाई बैंकले सामान्य रुपमा लिएको छ ।
(ख) यस त्रैमासमा शेयर कारोबार निम्न अनुसार रहेको थियो

अधिकतम मुल्य ४५०
न्युनतम मुल्य ३५५
अन्तिम मुल्य ४२५
कारोबार संख्या ५९९
कारोबार दिन ६४

 

५.समस्या तथा चुनौती

    • बजारको तरलतामा आउने उतारचढावको कारणले ब्याजदरमा भईरहेको परिवर्तनले हुन सक्ने जोखिम ।
    • लोडसेडिङ्ग, चरम मुल्य बृद्घि आदि जस्ता कारणले संचालन लागतमा बृद्घि हुन सक्ने सम्भावना ।
    • समय समयमा बैंक तथा वित्तिय संस्था माथी हुने गरेका जालसाजी तथा अपराधीक कार्यहरुमा भएको बृद्घि ।
    • नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले समय समयमा देशको वित्तिय नितीमा गर्ने परिवर्तनको प्रभाव ।
    • सरकारी निकाय, संघ संस्था तथा संस्थानहरुले विकास बैंकहरुको बैंक ग्यारेण्टी तथा निक्षेप स्विकार सहज रुपमा नगर्नु ।
    • प्राकृतिक दैवीक विपत्तीबाट हुन जाने क्षतीले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा कारोबारमा पर्ने दिर्घकालीन असर ।
    • आ.ब.२०७२/७३ मौद्रिक नितीबाट प्रस्तावित पूंजी वृद्धिले वित्तिय क्षेत्रमा पर्ने दिर्घकालीन असर ।
    • आ.ब. २०७३/७४ को बजेट घोषणा मौद्रिक नीतिले निर्दिष्ट गरेको सेवा सुबिधा र निर्देशनको परिपालनाबाट पर्ने असर ।
    • नियमनकारी निकायहरुको निती, नियम तथा निर्देशनहरुबाट पर्ने दिर्घकालीन असर ।

  रणनीति :

    • नयाँ नयाँ उच्चतम प्रविधि तथा उत्कृष्ट कार्यशैलीबाट आफ्ना ग्राहकहरुको आवश्यकता र चाहना अनुरुप अत्याधुनिक बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने ।
    • मानव संशाधनहरु बैंकका सम्पत्ति भएका कारण आफ्नो जनशक्तिलाई दक्ष बनाउन निजहरुको कार्यदक्षता बृद्घिका लागी आन्तरीक, स्वदेश तथा विदेशका प्रतिष्ठीत संस्था तथा व्यक्तिहरु द्वारा आवश्यक तालिम सेमिनार तथा प्रशिक्षणबाट दक्ष मानव संशाधन तयार गर्ने ।
    • संचालन खर्च न्यून राख्न खर्चलाई केन्द्रिकृत गरी सम्भव भए सम्म न्यून लागतमा कार्य गर्ने योजना रहेको छ ।
    •  बढ्दो बैंकिङ्ग प्रतिष्पर्धा प्रति सजग रहि कर्जा लगानी गर्ने तथा यथासम्भब कर्जा विविधीकरण गर्ने तर्फ पहल गर्ने र अन्य लगानीका विकल्पमा समेत अध्ययन गरी लगानी बिस्तार गर्ने ।
    • यस विकास बैंकले समय सापेक्ष आफूलाई परिमार्जित गर्दै विभिन्न संघ संस्था तथा व्यक्तिहरुसंग समन्वय र सम्बन्ध विस्तार गरि पूँजीको साथै नेटवर्कको विस्तार गर्ने ।
    • आ.ब. २०७३/७४ को बजेट घोषणा र मौद्रिक नीतिले घोषणा गरेका ‘सकारात्मक पक्षहरुलाई परिपालना गर्दै बित्तीय पहुंच र सेवा विस्तारको कार्यलाई प्राथमिकता साथ अगाडी बढाईनेछ ।
    • मौद्रिक नीति आ.ब.२०७२/७३ ले निर्दिष्ट गरेको पूंजी पु्याउनका लागि पेश गरिएको कार्य योजनालाई पुरा गर्न मर्ज /एक्वीजिसन, बोनस शेयर वितरण तथा हकप्रद शेयर वितरण गर्ने कार्यलाई प्राथमिकतामा लिई बैंक अगाडी बढि रहेको छ ।
    • जोखिम व्यवस्थापन समितीले Operation/Credit/Market Risk सम्बन्धि समय समयमा छलफल र जोखिम न्यूनिकरणलाई उच्च प्राथमिकताका साथ व्यवस्थापन गरि उल्लेखित चुनौती तथा समस्याहरुको समाधान गर्ने रणनीति रहेको छ ।

६. संस्थागत सुशासन :
बैंकले संस्थागत सुशासन सम्बन्धी प्रचलित ऐन, कानूनको पुर्ण रुपमा पालना गर्दै संचालक तथा कर्मचारी आचरण सम्बन्धी व्यवस्थाको पुर्ण रुपमा पालना गर्ने गरिएको छ । बैंकका आन्तरीक तथा बाह्य लेखापरिक्षणबाट औंल्याईएका कैंफियतहरुलाई तत्काल सुधार गर्र्ने गरिएको र आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरूस्त साथै पारदर्शि बनाउनको लागी यस आर्थिक वर्षबाट बैंक भित्र हुने दैनिक कार्यहरूको आन्तरीक लेखा परिक्षण गर्नको लागी कन्कुरेन्ट अडिट (Concurrent Audit) कार्य शुरूवात गरिएको तथा ने.रा.बैकबाट नियोजित रुपमा गरिने अफ साईट र अन साईट सुपरीवेक्षणबाट देखिएका कमी कमजोरी तथा सुधार गर्नु पर्ने कार्यहरु यथा समयमा नै गरि सोबारे जानकारी गराईएको ।

७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारीे अधिकृतको उद्घोषण:
आजका मिति सम्म यस प्रतिबेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म ब्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिबेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

Latest News