आ.ब. ०७२।०७३ को प्रथम त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४

(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)

आ.ब. ०७२।०७३ को प्रथम त्रैमासिक प्रतिबेदन

१. वित्तीय विवरण:

(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७२/०७/३० गतेको कारोबार दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com  मा समेत राखिएको छ ।

(ख) प्रमुख बित्तीय अनुपात:

प्रति शेयर आम्दानी रु. १७.३५
प्रतिशेयर नेटवर्थ रु. १४४.०३
मुल्य आम्दानी अनुपात २१.२४
तरलता अनुपात ३४.५४%
प्रति शेयर कुल सम्पत्तिको मुल्य रु.१३५२.३९

२. व्यवस्थापकीय बिश्लेषण:

यस अवधिमा संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको छ । गत त्रैमासको खुद मुनाफामा रु. ३१.९३ मिलियन रहेको छ । गत बर्षको सोही अवधिकाृे तुलनामा बैंकको कर्जा तर्फ २७.२७% र निक्षेप तर्फ २४.८५% ले वृद्धि भएको छ । निष्कृय कर्जा ०.४७% कायम गरि न्यून स्तरमा ल्याउन सफल भएका छौ र उक्त कर्जाहरु सुरक्षणको हिसाबबाट पूर्ण रुपमा सुरक्षीत रहेका छन् । गत बैशाख महिनामा आएकोे महाभुकम्प तथा तराईमा ब्याप्त बन्द हडताल र ईन्धन अभावका कारण सम्पूर्ण बैंक तथा ग्राहक महानुभावहरुमा कुनै प्रकारको थप आर्थिक ब्ययभार पर्ने कुनै प्रकारको अप्रिय घटना नघटेको जानकारी गराउदछौ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

(क) समीक्षा अवधिमा यस बैंकलाई वा यस बैंकले कुनै मुद्दा दायर नगरेकोे/नभएको।

(ख) यस त्रैमासिक अवधिमा बैंकको संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अभियोग गरेको वा संचालक वा संस्थापक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिश्लेषण ।

क) खुल्ला बजारले प्रतिपादित गरेको मुल्य तथा मान्यता अनुरुप शेयर कारोबारमा हुने उतार चढावलाई बैंकले सामान्य रुपमा लिएको छ ।

(ख) यस त्रैमासमा शेयर कारोबार निम्न अनुसार रहेको थियो

अधिकतम मुल्य न्युनतम मुल्य अन्तिम मुल्य कारोबार संख्या कारोबार दिन
रु.४११ रु.३२६
रु.३७९ ४५१ ५६

५. समस्या तथा चुनौती:

  • विकास बैंक मर्जसंगै थपिएका नयाँ प्रविधीको सक्दो प्रयोग गरी विविध प्रकारका जोखिमहरु लगायत संचालन तथा अन्य खर्चको कटौंती गरी बैंकलाई एक सबल तथा आधुनिक बैंकका रुपमा परिचित गराउँन ।
  • विकास बैंक मर्ज पश्चात देशको पूर्व देखि सुदुर पश्चिमसम्म बैंकको उपस्थितीकालागी शाखा सञ्जाल बिस्तार गर्नुपर्ने भएका कारण दक्ष जनशक्तीको व्यवस्थापन लगायत संचालन खर्चमा हुन सक्ने सम्भावित बृद्घि न्यून कायम गर्न ।
  • ब्याजदरमा भईरहेको परिवर्तन तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ब्याज÷संचालन आम्दानीमा कमीको सम्भावना ।
  • बन्द हड्ताल, ईन्धन अभाव, लोडसेडिङ्ग, बजार मुल्यमा बृद्घिआदि जस्ता कारणले संचालन लागतमा बृद्घि हुनसक्ने सम्भावना ।
  • नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले समय समयमा देशको वित्तिय नितिमा गर्ने परिवर्तनको प्रभाव ।
  • सरकारी निकाय, संघ संस्था तथा संस्थानहरुले विकास बैंकहरुको बैंक ग्यारेण्टी तथा निक्षेप स्विकार सहज रुपमा नगर्नु ।
  • भुकम्प लगायत दैवीक विपत्तिबाट हुन जाने क्षतीले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा कारोबारमा पर्ने दिर्घकालिन असर ।
  • हालैमात्र जारी मौद्रिक नितीबाट प्रस्तावित पूंजी वृद्धिले वित्तिय क्षेत्रमा पर्ने दिर्घकालीन असर ।
  • हालै गएको महाभुकम्पले समग्र आर्थिक क्षेत्रमा परेको प्रभावका कारण लगानी संकुचन तथा अधिक तरलताले पर्ने दिर्घकालीन असर ।
  • विगत तिन महिना देखि तराईमा भईरहेको बन्द हड्ताल तथा ईन्धन अभाव र डेढ महिना देखिको नाकाबन्दीका कारण समग्र वित्तीय क्षेत्रमा पर्न गइरहेको दिर्घकालीन÷ अल्पकालीन असर ।

रणनीति

  • कर्मचारीहरु बैंकका सम्पत्ती भएका कारण निजहरुको कार्यदक्षता बृद्घिका लागी आवश्यक तालिम उपलब्ध गराउँदैं कर्मचारीको उचित व्यबस्थापन सहित कार्यविभाजन गरिएको र यसको परिमार्जन÷पुनरावलोकन गर्दै अनुभव शिप कौशलको सक्दो सदुपयोग गरि क्रमशः विभिन्न तहमा अधिकार प्रत्यायोजन तथा नियमन गर्दै लगिने ।
  • नयाँ नयाँ उच्चतम प्रविधि तथा उत्कृष्ट कार्यशैलीको छनौट गरी छिटो, छरितो सेवा सहित न्यून खर्चमा अधिकतम सेवा प्रदान गर्दै जाने ।
  • ब्याजदरमा भईरहेको कमिलाई क्रमशः समायोजन गर्दै समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरु थालनी गर्ने तथा ग्राहकमुखि सेवाहरु उपलब्ध गराईनेछ ।
  • संचालन खर्च न्यून राख्न खर्चलाई केन्द्रिकृत गरी सम्भव भए सम्म न्यून लागतमा कार्य गर्ने योजना रहेको छ ।
  • बढ्दो बैंकिङ्ग प्रतिष्पर्धा प्रति सजग रहि कर्जा लगानी गर्ने तथा यथासम्भब कर्जा विविधीकरण गर्ने तर्फ पहल गर्ने र अन्य लगानीका विकल्पमा समेत अध्ययन गरी लगानी बिस्तार गर्ने ।
  • तरलता ब्यवस्थापनको लागी लगानीका नयाँ क्षेत्रहरुको पहिचान गरि लगानी विस्तार गरिनेछ ।
  • शाखा विस्तारको माध्यमबाट राष्ट्रव्यापी रुपमा पुर्व देखि सुदुर पश्चिम सम्म वित्तीय पहुँच पु¥याउने उद्देश्य रहनेछ ।
  • मौदिक निति मार्फत तोकिएको पुंजी वृिद्घलाई पुरा गर्नको लागी मर्ज/प्राप्ती मार्फत राष्ट्रव्यापी संजाल बिस्तार गर्ने योजना रहनेछ ।

६. संस्थागत सुशासन :

बैंकले संस्थागत सुशासन सम्बन्धी प्रचलित ऐन, कानूनको पुर्ण रुपमा पालना गर्दै संचालक तथा कर्मचारी आचरण सम्बन्धी व्यवस्थाको पुर्ण रुपमा पालना गर्ने गरिएको छ । बैंकका आन्तरीक तथा बाह्य लेखापरिक्षणबाट औंल्याईएका कैंफियतहरुलाई तत्काल सुधार गर्र्ने गरिएको र आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरूस्त साथै पारदर्शि बनाउनको लागी बंैकं भित्र हुने दैनिक कार्यहरूको आन्तरीक लेखा परिक्षण गर्नको लागी कन्कुरेन्ट अडिट (Concurrent Audit)  कार्य संचालनमा ल्याइएको छ ।

७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारीे अधिकृतको उद्घोषण:

आजका मितिसम्म यस प्रतिबेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म ब्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिबेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

Latest News