आ.ब.०७२।०७३ को तेस्रो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४

(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)

आ.ब. ०७२।०७३ को तेस्रो त्रैमासिक प्रतिबेदन

१. वित्तीय विवरण:

(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ ।

(ख) प्रमुख बित्तीय अनुपात:

प्रति शेयर आम्दानी रु. १५.८७
प्रतिशेयर नेटवर्थ रु. १२७.७२
मुल्य आम्दानी अनुपात २१.६१
तरलता अनुपात २९.४३%
प्रति शेयर कुल सम्पत्तिको मुल्य रु.१२२८.७३

२. व्यवस्थापकीय बिश्लेषण:

यस अवधीमा संस्थाको वित्तीय अवस्था उत्साहजनक रहेको छ । यस त्रैमासको खुद मुनाफा १०.५८ करोड रहेको छ । गत बर्षको सोही अवधिको तुलनामा यस त्रैमासको कर्जा तर्फ रु. १ अर्ब ४२ करोड (२२.४३%) र निक्षेप तर्फ रु. २ अर्ब २० करोड (३१.१७%) प्रतिशतको वृद्धि रहेको छ भने तरलता अनुपात समेत २९.४३ प्रतिशत रहेको छ जुनकी थप व्यवसाय वृद्धिका लागि समेत पर्याप्त रहेको छ । यस त्रैमासमा रु. ८५.४३ करोड कर्जा तथा लगानीमा वृद्धि गर्न सफल भएकोले कर्जा निक्षेप अनुपातमा समेत सुधार भई ७४.४४ % कायम रहेकोले मुनाफामा सकारात्मक सुधार गर्ने व्यवस्थापनको बिश्लेषण रहेको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

यस विकास बैंकको तुलसीपुर दाङ्ग शाखाबाट प्रेम बहादुर ओलीका नाउँमा रहेको ट्रकको धितो सुरक्षणमा कर्जा लगानी गरिएको र उक्त ट्रक निज प्रेम बहादुर ओलीकै संचालनमा रहेकोमा निजले सो ट्रक चित्र बहादुर डांगीलाई भाडामा दिएको र चित्र बहादुरले चालक हरि प्रसाद वलीलाई ट्रक संचालन गर्न दिएकोमा दिपेन्द्र सुनारले ढुवानी गरेको वन पैदावार अवैध ओसार पसार सम्वन्धी मुद्दामा परेको तर ट्रक विकास बैंकको नाउँमा रहेता पनि संचालन, जिम्मा, त्यसबाट सिर्जित दायित्व धितो सुरक्षण दिनेमा नै रहने हुँदा मुद्दामा लगाईएको कसुरमा विकास बैंकको संलग्नता धितो सुरक्षण लिने बैंक, वित्तीय संस्थाको दायित्व नरहने गरी सर्वोच्च अदालतबाट समेत निर्णयहरु भएको र उक्त कर्जा जोखिम सम्वन्धमा विश्लेषण गरि हेर्दा ट्रक वाहेक जग्गा समेत थप धितोमा रहेको देखिएबाट खासै जोखिम नरहेको र सो वाहेक समीक्षा अवधिमा यस बैंकलाई वा यस बैंकले कुनै मुद्दा दायर नगरेकोे/नभएको ।

यस त्रैमासिक अवधिमा बैंकको संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अभियोग गरेको वा संचालक वा संस्थापक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिश्लेषण ।
(क) खुल्ला बजारले प्रतिपादित गरेको मुल्य तथा मान्यता अनुरुप शेयर कारोबारमा हुने उतार चढावलाई बैंकले सामान्य रुपमा लिएको छ ।

(ख) यस त्रैमासमा शेयर कारोबार निम्न अनुसार रहेको थियो

अधिकतम मुल्य न्युनतम मुल्य अन्तिम मुल्य कारोबार संख्या कारोबार दिन
५५२ ३४३
३४३ ३७० ४१

५. समस्या तथा चुनौती:

  • बजारको तरलतामा आउने उतारचढावको कारणले ब्याजदरमा भईरहेको परिवर्तनले हुन सक्ने जोखिम ।
  • लोडसेडिङ्ग, बजार मुल्यमा बृद्घि आदि जस्ता कारणले संचालन लागतमा बृद्धि हुन सक्ने सम्भावना ।
  • समय समयमा बैंक तथा वित्तिय संस्था माथी हुने गरेका जालसाजी तथा अपराधीक कार्यहरुमा भएको बृद्धि ।
  • नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले समय समयमा देशको वित्तिय नितीमा गर्ने परिवर्तनको प्रभाव ।
  • सरकारी निकाय, संघ संस्था तथा संस्थानहरुले विकास बैंकहरुको बैंक ग्यारेण्टी तथा निक्षेप स्विकार सहज रुपमा नगर्नु ।
  • भुकम्प लगायत दैवीक विपत्तिबाट हुन जाने क्षतीले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा कारोबारमा पर्ने दिर्घकालिन असर ।
  • मौद्रिक नितीबाट प्रस्तावित पूंजी वृद्धिले वित्तिय क्षेत्रमा पर्ने दिर्घकालीन असर ।
  • नियमनकारी निकायहरुको निती, नियम तथा निर्देशनहरुबाट पर्ने दिर्घकालीन असर ।

रणनीति:

  • नयाँ नयाँ उच्चतम प्रविधि तथा उत्कृष्ट कार्यशैलीबाट आफ्ना ग्राहकहरुको आवश्यकता र चाहना अनुरुप अत्याधुनिक बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने ।
  • तरलताको कारणले हुने जोखिमलाई न्यूनीकरण गर्न ब्याजदरमा सामयिक समायोजन गरिएको ।
  • मानव संशाधनहरु बैंकका सम्पत्ति भएका कारण आफ्नो जनशक्तिलाई दक्ष बनाउन निजहरुको कार्यदक्षता बृद्घिका लागी आन्तरीक, स्वदेश तथा विदेशका प्रतिष्ठीत संस्था तथा व्यक्तिहरु द्वारा आवश्यक प्रशिक्षण दिने ।
  • संचालन खर्च न्यून राख्न खर्चलाई केन्द्रिकृत गरी सम्भव भए सम्म न्यून लागतमा कार्य गर्ने योजना रहेको छ ।
  • बढ्दो बैंकिङ्ग प्रतिष्पर्धा प्रति सजग रहि कर्जा लगानी गर्ने तथा यथासम्भब कर्जा विविधीकरण गर्ने तर्फ पहल गर्ने र अन्य लगानीका विकल्पमा समेत अध्ययन गरी लगानी बिस्तार गर्ने ।
  • यस विकास बैंकले समय सापेक्ष आफूलाई परिमार्जित गर्दै विभिन्न संघ संस्था तथा व्यक्तिहरु संग समन्वय र सम्बन्ध विस्तार गरि पूँजीको साथै नेटवर्कको विस्तार गर्ने ।
  • जोखिम व्यवस्थापन समितीले Operation/Credit/Market Risk सम्बन्धि समय समयमा छलफल र जोखिम न्यूनिकरणलाई उच्च प्राथमिकताका साथ व्यवस्थापन गरि उल्लेखित चुनौती तथा समस्याहरुको समाधान गर्ने रणनीति रहेको छ ।

६. संस्थागत सुशासन :

बैंकले संस्थागत सुशासन सम्बन्धी प्रचलित ऐन, कानूनको पुर्ण रुपमा पालना गर्दै संचालक तथा कर्मचारी आचरण सम्बन्धी व्यवस्थाको पुर्ण रुपमा पालना गर्ने गरिएको छ । बैंकका आन्तरीक तथा बाह्य लेखापरिक्षणबाट औंल्याईएका कैंफियतहरुलाई तत्काल सुधार गर्ने गरिएको र आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरूस्त साथै पारदर्शि बनाउनको लागी यस आर्थिक वर्षबाट बैंक भित्र हुने दैनिक कार्यहरूको आन्तरीक लेखा परिक्षण गर्नको लागी कन्कुरेन्ट अडिट (Concurrent Audit) कार्य शुरूवात गरिएको छ ।

७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारीे अधिकृतको उद्घोषण:

आजका मिति सम्म यस प्रतिबेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म ब्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिबेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

Latest News