सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा बस्ने सम्बन्धी सूचना

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको
बाह्रौं वार्षिक साधारणसभा बस्ने सम्बन्धी सूचना

यस बैंकको सञ्चालक समितिको मिति २०७४/०१/२७ गते (तदनुसार ५ मे २०१७) शुक्रबारका दिन बसेको १७९ औँ बैठकको निर्णयानुसार यस बैंकको दशौं वार्षिक साधारणसभा देहायका विषयहरूमा छलफल गर्न निम्न मिति, स्थान र समयमा बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि अनुरोध गर्दछु ।
सभा हुने मिति : २०७४ साल जेष्ठ १९ गते (तदनुसार २ जुन २०१७), शुक्रबार ।
स्थान : आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौँ ।
सभा सुरु हुने समय : बिहान ११ः०० बजे ।

छलफलको विषयसूची :

(क) साधारण प्रस्ताव :
(१) आर्थिक वर्ष २०७२/७३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे ।
(२) लेखापरीक्षकको प्रतिवेदन सहित मिति २०७३ आषाढ मसान्तको वासलात तथा आर्थिक बर्ष २०७२/०७३ को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा–नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने बारे ।
(३) आर्थिक वर्ष २०७३/०७४ को लागि बैंकको लेखा परिक्षण कार्यको लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धमा । (वर्तमान लेखापरीक्षक ए.वि.एम.एस. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउण्टेण्ट्स् पुन : नियुक्त हुन योग्य हुनुहुन्छ ।)
(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम रु. ९०,८०,०००/— (अर्थात चुक्ता पूँजीको ०.८५ प्रतिशत) नगद लाभाँश (बोनस शेयरको कर प्रयोजनका लागि) स्वीकृत गर्ने ।

(ख) विशेष प्रस्ताव :
(१) बैकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजी रु. १ अर्ब ७ करोड ३४ लाख ५६ हजारको १६.०७ प्रतिशतले हुने रकम रु. १७,२५,२०,०००/— (अक्षरेपी सत्र करोड पच्चीस लाख बिस हजार) बराबरको बोनस शेयर शेयरधनीहरुलाई वितरण गर्न स्वीकृत गर्ने ।
(२) सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कसमस डेभलपमेण्ट बैक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रयोजनको लागि मूल्याङ्कनकर्ता श्री एन.वि.एस.एम् एण्ड एसोसिएट्स, चार्टर्ड एकाउण्टेण्टस् ले सम्पन्न गरेको चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (Due Diligence Audit, DDA) को आधारमा सिफारिश भएको शेयर आदान प्रदान अनुपात तथा बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी नियमावली २०७३ को अधिनमा रही संयुक्त प्राप्ति समितिद्धारा सिफारिश भई प्राप्त गर्ने संस्था र लक्षित संस्थाको सञ्चालक समितिले समेत स्वीकार गरेको कसमस डेभलपमेण्ट बैक लिमिटेडको प्रति शेयर चुक्ता रकम रु. १०० अंकित १ कित्ता शेयरलाई सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रति शेयर चुक्ता रकम रु. १०० अंकित १ कित्ता शेयर (१:१) आदान प्रदान अनुपात (Share Swap Ratio) पारित गरी संस्थाको प्राप्तिको लागि अन्तिम स्वीकृति प्रदान गर्ने ।
(३) सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल कम्यूनिटि डेभलपमेण्ट बैक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रयोजनको लागि मूल्याङ्कनकर्ता श्री एन.वि.एस.एम् एण्ड एसोसिएट्स, चार्टर्ड एकाउण्टेण्टस् ले सम्पन्न गरेको चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (Due Diligence Audit, DDA) को आधारमा सिफारिश भएको शेयर आदान प्रदान अनुपात तथा बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी नियमावली २०७३ को अधिनमा रही संयुक्त प्राप्ति समितिद्धारा सिफारिश भई प्राप्त गर्ने संस्था र लक्षित संस्थाको सञ्चालक समितिले समेत स्वीकार गरेको नेपाल कम्यूनिटि डेभलपमेण्ट बैक लिमिटेडको प्रति शेयर चुक्ता रकम रु. १०० अंकित १ कित्ता शेयरलाई सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रति शेयर चुक्ता रकम रु. १०० अंकित १ कित्ता शेयर (१ः१) आदान प्रदान अनुपात (Share Swap Ratio) पारित गरी संस्थाको प्राप्तिको लागि अन्तिम स्वीकृति प्रदान गर्ने ।
(४) प्राप्ति सम्बन्धमा देहायका प्रस्तावहरु समेत पारित गर्नेः
(क) संयुक्त मर्जर समितिबाट सम्पत्ति, दायित्व तथा कारोवारको मूल्यांकनको लागी नियुक्त मूल्यांकनकर्ता NBSM & Associates, Chartered Accountants को नियुक्ती, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिबेदन (Due Dilligence Audit Report) समझदारीपत्र (Memorandum of Understanding) तथा अन्तिम सम्झौतापत्र (Final Scheme of Arrangement) लगायतका सम्पूर्ण कारबाहीहरुलाई अनुमोदन गर्ने ।
(ख) कसमस डेभलपमेन्ट बैंक लिमिटेड तथा नेपाल कम्यूनिटि डेभलपमेण्ट बैंक लिमिटेडलाई सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्राप्ति (एक्वीजिशन) गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट सैद्घान्तिक सहमति प्राप्त गरिसकेको सन्दर्भमा दुबै संस्थाको प्रतिनिधित्वमा गठित संयुक्त मर्जर समिति र बैंकको सञ्चालक समितिले गरेका निर्णय, सम्झौता तथा खर्चहरुको अनुमोदन गर्ने ।
(ग) सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल कम्यूनिटि डेभलपमेण्ट बंैक लिमिटेड र कसमस डेभलपमेण्ट बैंक लिमिटेड प्राप्त गरे पश्चात् बन्ने बैंकको नाम “सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड” रहने (जसलाई अंग्रेजीमा Shangri-la Development Bank Limited भनिने) छ । बैंकको प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. ४, वालुवाटार, काठमाण्डांैमा रहनेछ ।
(घ) सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल कम्यूनिटि डेभलपमेण्ट बैक लिमिटेड र कसमस डेभलपमेण्ट बैक लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन पालना गर्ने गराउने लगायत प्राप्ति सम्बन्धमा गर्नु पर्ने आवश्यक सबै कामहरु गर्न गराउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने ।
(५) सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्राप्ति गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको ८० प्रतिशत (अर्थात १० कित्ता शेयर बराबर ८ कित्ता) हकप्रद शेयर जारी गर्ने । स्वीकृत हकप्रद शेयर निष्काशन सम्बन्धमा गर्नु पर्ने आवश्यक काम कारवाहीहरु गर्ने गराउने कार्यको अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने ।
(६) विशेष प्रस्ताव नं. १ बमोजिम जारी गरिने बोनस शेयर, विशेष प्रस्ताव नं. २ तथा ३ बमोजिम हुने प्राप्ति (एक्विजिसन) तथा विशेष प्रस्ताव नं. ५ बमोजिम जारी हुने हकप्रद शेयर कार्यबाट बृद्धि हुने पूँजीको हदसम्म बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने लगायत प्राप्तिको कारणले बैंकको प्रबन्धपत्र तथा नियमावलीको दफाहरु/नियमहरुमा आवश्यक संशोधन/थप/घट गर्ने तथा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने ।
(७) सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अन्य उपयुक्त बैक तथा वित्तीय संस्था(हरु) एक आपसमा गाभ्न/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न/ हुन वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायतका कामहरु गर्न गराउन सक्ने सञ्चालक समितिलाई प्राप्त अख्तियारीलाई निरन्तरता दिने ।
(८) बैकको प्रबन्धपत्रको ४(कड) पछि देहाय बमोजिमको बिषय थप गर्ने :
दफा ४ (कड) पछि (कढ) थप गर्ने :
(कढ) प्रचलित कानूनको अधिनमा रही धितोपत्र खरिद दरखास्त संकलन प्रणाली (ASBA) अन्तर्गत धितोपत्रको दरखास्त संकलन सम्बन्धी कामहरु गर्न सक्ने ।
(९) ने.रा.बैं. वा अन्य नियमनकारी निकायद्धारा यस साधारण सभाबाट पारित भएको निर्णयहरुको आधारमा प्रबन्धपत्र तथा नियमावलीमा हुने परिवर्तनमा थपघट गर्न आवश्यक भएमा संचालक समितिलाई थपघट परिमार्जन गर्न अख्तियारी प्रदान गर्ने ।
(ग) विविध ।

सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव

बाह्रौं वार्षिक साधारण सभा सम्बन्धि थप जानकारी

१. बाह्रौं बार्षिक साधारण सभा प्रयोजनका लागि विकास बैंकको शेयर दाखिल खारेज (शेयर दर्ता किताब) मिति २०७४/०२/०४ गते देखि मिति २०७४/०२/१९ गतेसम्म बन्द रहने छ । साथै मिति २०७४/०२/०३ गतेसम्म नेपाल धितोपत्र विनिमय बजार लि. मा कारोवार भई ७ कार्यदिन अर्थात मिति २०७४/०२/११ गते सम्म यस विकास बैंकको शेयर रजिष्ट्रार एन.आई.बि.एल. क्यापिटल मार्केट्स लि., लाजिम्पाट, काठमाण्डौंमा शेयर दाखिल खारेजका लागि प्राप्त भई दाखिल खारेज भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन, वोनस शेयर तथा लाभांस प्राप्त गर्न, मतदान गर्न पाउने छन् ।
२. सभामा उपस्थित हुने शेयरधनीहरुले सभा सम्बन्धी सुचना साथ प्रेषित प्रबेशपत्र साथमा लिई आउनुपर्नेछ, प्रवेशपत्र प्राप्त नगर्नु भएका शेयरधनी महानुभावहरुले विकास बैँकको प्रधान कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ वा बैँकको आधिकारिक वेबसाईट www.shangrilabank.com बाट डाउनलोड गर्न सकिनेछ ।
३. साधारण सभामा भाग लिन आउंदा शेयरधनी महानुभावहरुले संक्षिप्त वार्षिक आर्थिक विवरण साथ संलग्न प्रवेश पत्र साथमा लिई आउनुहुन तथा प्रवेश पत्र नभएमा शेयर प्रमाण पत्र, हितग्राही खाता (Demat A/c) खोल्दाका बखत पेश भएको परिचय पत्र साथमा लिई आउनुहुन अनुरोध छ ।
४. सभामा भाग लिनको लागी प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रोक्सी फारम भरी सभा सुरु हुने भनी तोकिएको समय भन्दा कम्तिमा ४८ घण्टा अगावै कारोवार समय भित्र विकास बैँकको केन्द्रिय कार्यालयमा दर्ता गरीसक्नुपर्नेछ । यसरी नियुक्त गरिएको प्रतिनिधि विकास बैँकको शेयरधनी हुनुपर्नेछ । त्यसरी प्रतिनिधि नियुक्त गरिसकेपछि उक्त प्रतिनिधि बदर गरी अर्को प्रतिनिधि मुकरर गरी सभा शुरु हुने भनी तोकिएको समय भन्दा कम्तिमा ४८ घण्टा अगावै विकास बैँकको केन्द्रिय कार्यालयमा कारोवार समय भित्र दर्ता गरेमा वा आफु स्वयं साधारण सभामा उपस्थित हुन स्वयं आएमा त्यस्तो शेयरधनीले गरिदिएको अघिल्लो प्रोक्सी स्वतः बदर हुनेछ । कुनै शेयरधनीले एक भन्दा बढी शेयरधनीलाई प्रतिनिधि नियुक्त गरेको रहेछ भने निज स्वयंले अन्य बदर गरी एउटा कायम गरेको अवस्थामा बाहेक त्यस्ता सबै प्रतिनिधि पत्रहरु स्वतः बदर हुनेछ । प्रतिनिधि मुकरर गर्दा आफ्नो सम्पुर्ण शेयरको प्रतिनिधि एउटै व्यक्तिलाई नियुक्त गर्नुपर्नेछ, कुनै किसिम बाट छुट्याई दिएमा उक्त प्रोक्सी बदर गरिनेछ । यस सम्बन्धमा साधारण सभामा विवाद गर्न पाईने छैन ।
५. संयुक्त रुपमा शेयर ग्रहण गर्ने शेयरधनीहरुको हकमा साझेदारहरुद्वारा नियुक्त साझेदारले वा निजले नियुुक्त गरेको प्रतिनिधिले र सो बमोजिम नियुक्त हुन नसकेकोमा शेयरधनीहरुको दर्ता किताबमा नाम क्रमानुसार अघि लेखिएको साझेदारले मात्र सभामा भाग लिन छलफल गर्न र मतदान गर्न पाउनेछ ।
६. नाबालक वा मानसिक सन्तुलन ठिक नभएका शेयरधनीको तर्फ बाट कम्पनीको शेयरधनी दर्ता किताबमा संरक्षकको रुपमा दर्ता भएको संरक्षकले वा संरक्षकले नियुक्त गरेको प्रतिनिधिले सभामा भाग लिन तथा मतदान गर्न पाउनेछ ।
७. संगठित संस्था वा कम्पनी शेयरधनी भएकोमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले सभामा भाग लिन र मतदान गर्न पाउनेछन् ।
८. साधारण सभाको कामकारवाहीहरु कम्पनी ऐन. २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन. २०६३, विकास बैंकको प्रबन्धपत्र, नियमावली बमोजिम हूनेछन् ।
९. साधारण सभा सम्बन्धी थप जानकारी विकास बैंकको प्रधान कार्यालय वालुवाटार, काठमाण्डौंबाट कार्यालय समय भित्र प्राप्त गर्न सकिनेछ ।